सात दिनमा १० लाख किशोरीलाई खोप लगाइयो
![](https://ap-south-1.linodeobjects.com/swasthyalive/2025/02/hpv-khop-1.webp)
काठमाडौँ । सरकारले पाठेघरको मुखको क्यान्सर गराउने Human Papillomavirus विरुद्धको एचपीभी खोप अभियान सुरु गरेको सात दिनमा ६० प्रतिशत कभरेज भएको तथ्यांक बाहिर ल्याएको छ ।
कक्षा ६ देखि १० सम्मका र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका करिब १७ लाख किशोरीलाई समेट्ने लक्ष्य राखिएको थियो । हालै सार्वजनिक गरिएको एक विवरण अनुसार १६ लाख ७६ हजार ४५२ जनालाई खोप लगाउने योजना रहेकोमा सात दिनमै १० लाख १६ हजार ७७१ जनाले लगाइसकेको तथ्यांकमा देखाइएको छ ।
विवरणमा देखाए अनुसार सबै भन्दा बढी सुदुरपश्चिममा लगाइएको छ । १ लाख ७६ हजार ८१५ जनाको लक्ष्य रहेकामा १ लाख ३२ हजार ८०४ जनाले खोप लगाएका छन् । त्यस्तै गण्डकी प्रदेशमा पनि राम्रो कभरेज भएको देखिएको छ । गण्डकीमा १२३,८७५ लक्ष्यमा ८६११२ जनाले खोप लगाएका छन् ।
बागमती प्रदेशमा ३३२,१७७ लक्ष्य राखिएकोमा सात दिनमा १९६,०७४ अर्थात ५९।०३ प्रतिशतले खोप लगाएका छन् । मधेश प्रदेशमा ३६९,१२४ मध्ये १४८०५६ जनाले खोप लगाएका छन् । अभियान आगामी फागुन ५ गतेसम्म सञ्चालन हुने छ ।
बाल स्वास्थ्य तथा खोप सेवा शाखा प्रमुख डा अभियान गौतमले बताए अनुसार अभियान १९ हजार विद्यालय र ८ हजार स्वास्थ्य संस्थामा सञ्चालन गरिने गरिएको छ ।
एचपिभी भाइरस २०० भन्दा धेरै प्रजातिका हुन्छन् तर मानव शरीरमा क्यान्सर गराउने प्रजातिहरू १२ प्रकारका हुन्छन् ती हुन् । ती हुन् १६, १८, ३१, ३३, ३५, ३९, ४५, ५१ ५२, ५६, ५८ र ५९ ती मध्ये सबैभन्दा बढी जोखिम प्रकारका प्रजातिहरू १६ र १८ हुन् । अधिकारीहरुले बताए अनुसार नेपालमा ८०५ पाठेघरको मुखको क्यान्सर १६ र १८ प्रजातिहरूबाट भएको देखिन्छ ।
पाठेघरको मुखको क्यान्सर विश्वमा हरेक वर्ष ५,७०,००० महिलालाई हुने र सन् २०३० सम्ममा ७,००,००० सम्म पुग्ने अनुमान गरिएको छ । साथै हरेक वर्ष ३,११,००० जना महिलाहरूको मृत्यु हुने र सन् २०३० सम्ममा ४,००,००० पुग्ने अनुमान छ ।
तथ्यांक अनुसार महिलाहरूमा पाठेघरको मुखको क्यान्सर चौथो मुख्य क्यान्सर रहेको छ । ८८५ पाठेघरको मुखको क्यान्सरका विरामीहरू र मृत्यु हुने संख्या न्यून आय भएका र मध्यम आय भएका देशहरूमा देखिएको छ ।
नेपालमा हरेक वर्ष २,१६९ जना महिलालाई पाठेघरको मुखको क्यान्सर हुने गरेको छ । हरेक वर्ष १,३१३ जना महिलाहरूको पाठेघरको मुखको क्यान्सरबाट मृत्यु हुन्छ । प्रत्येक दिन ४ जना महिलाहरूको पाठेघरको मुखको क्यान्सरबाट मृत्यु हुन्छ ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस