पूर्व स्वास्थ्यमन्त्री यादवको पार्टीले भूमिसम्बन्धी अध्यादेशमा समर्थन नगर्ने
![](https://ap-south-1.linodeobjects.com/swasthyalive/2024/05/upendra_yadhav__16237425661665063226.jpg)
काठमाडौं। पूर्व स्वास्थ्यमन्त्री उपेन्द्र यादवको जनता समाजवादी पार्टी (जसपा) जसपा नेपालले भूमिसम्बन्धी अध्यादेशलाई समर्थन नगर्ने निर्णय गरेको छ।
जसपा नेपालको सदंसदीय दलको बैठकले भूमिसम्बन्धी अध्यादेशलाई समर्थन नगर्ने निर्णय गरेको हो। मंगलबार सिंहदरबारमा जसपा नेपालको सदंसदीय दलको बैठकले समर्थन नगर्ने निर्णय गरेको छ।
जसपा नेपालको विज्ञप्ति जारी गरेरै सरकारले ल्याएको ६ वटा अध्यादेशमध्ये भूमिसम्बन्धी अध्यादेशलाई समर्थन नगर्ने र अन्य पाँचवटा अध्यादेशलाई समर्थन गर्ने निर्णय गरेको जनाएको छ ।भूमिसम्बन्धी अध्यादेश भूमाफिया र गैरकानूनी आप्रवासीलाई जग्गा बाँड्नका लागि ल्याइएको भनी सर्वत्र आलोचना भइरहँदा जसपा नेपालको निर्णय आएको हो।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस