जेलबाटै अवकाश हुने भए सचिव टेकनारायण पाण्डे


काठमाडौं। नक्कली भुटानी शरणार्थी काण्डमा कारागार (जेल)मा थुनिएका नेपाल सरकारका निलम्बित सचिव टेकनारायण पाण्डे जेलबाटै अवकाश हुने भएका छन्। टेकनारायणकी श्रीमती मञ्जु पाण्डेले सर्वोच्च अदालतमा हालेको बन्दीप्रत्येक्षीकरणको रिटमा सर्वोच्च अदालतले थुनामुक्त गर्न अस्वीकार गरेपछि उनी जेलबाटै अवकाशमा जाने भएका हुन्।

२०७६ साल फागुन १२ गते सचिवमा बढुवा भएका पाण्डे ५ वर्षे सेवा अवधिका कारण १२ दिनपछि अनिवार्य अवकाशमा जाँदैछन्। गृह सचिव हुँदा पाण्डे नक्कली भुटानी शरणार्थी काण्डमा मुछिएपछि अहिले केन्द्रीय कारागार सुन्धारा, काठमाडौंमा पुर्पक्षका लागि थुनामा पुगेका छन्। उनकी श्रीमती छुटाउनका लागि बन्दीप्रत्येक्षीकरणको रिटमा सर्वोच्च अदालतमा पुगेपनि सपना प्रधान मल्ल र विनोद शर्माको संयुक्त इजलासले गर्न अस्वीकार गरेपछि सचिव पाण्डे जेलबाटै अवकाश हुने निश्चित भएको हो।

शिक्षा सेवाका सहसचिव पाण्डे कर्णाली प्रदेशको प्रमुख सचिव, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयको सचिव हुँदै गृह सचिव बन्न सफल भएका थिए। तर, त्यहिँ गृह सचिव उनका लागि ठूलो अभिषाप बन्यो। गृह सचिवबाट उपराष्ट्रपति कार्यालय पुगेका सचिव पाण्डे त्यहाँबाट नक्कली भुटानी शरणार्थी काण्डमा प्रहरी हिरासत हुँदै पुर्पक्षका लागि जेलको चिसो हावा खान पुगेका हुन्। सचिव पाण्डेले ‘पोलेका’ तत्कालीन गृहमन्त्री बालकृष्ण खाँण भने धरौटीमा रिहा भइसकेका छन्। पाण्डे भने जेलबाट अवकाश पाउने स्थितिमा पुगेका हुन्।

 

क्याटेगोरी : समाचार
ट्याग : #टेकनारायण पाण्डे, #नक्कली भुटानी शरणार्थी काण्ड

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ