एमडीको सिट संख्या थप गर्ने निर्णयको चिकित्सक संघद्वारा स्वागत
![](https://ap-south-1.linodeobjects.com/swasthyalive/2025/02/IMG-20250212-WA0008-1.jpg)
काठमाडौं । चिकित्सा शिक्षा आयोगद्वारा नेपाल सरकारका प्रतिष्ठानहरुमा एमडी/ एमएस/एमडीएसको सिट संख्या थप गर्न गरिएको निर्णयको नेपाल चिकित्सक संघले स्वागत गरेकाे छ । एक विज्ञप्ति जारी गर्दै नेपाल चिकित्सक संघले सरकारका प्रतिष्ठानहरूमा एमडी एमएस एमडिएस को सिट संख्या थप गर्न गरिएको निर्णयको खुलेर स्वागत गरेको हो।
प्रधानमन्त्री एवं चिकित्सा शिक्षा आयोगका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको आयोगको १७ औँ बैठकमा निजी मेडिकल कलेजहरूले आवासीय चिकित्सकलाई सरकारी सरह निर्वाह भत्ता उपलब्ध गराउनुपर्ने निर्णय कार्यान्वयन गर्न सहज बनाउन विदेशी विद्यार्थीको सङ्ख्या बढाउने प्रस्ताव पनि गरेकाे हो।
नेपाल चिकित्सक संघले नेपाल सरकारका प्रतिष्ठानहरुमा क्षमता भएको तथा विज्ञ टोलीद्वारा निर्धारण गरिए अनुसार सिट थप हुनुपर्ने विषयमा निरन्तर रूपमा जोडदार आवाज उठाइरहेको थियो। यसै सन्दर्भमा मिति २०८१ माघ २४ गते सिट संख्या थप गर्न संघद्वारा प्रेस विज्ञप्तिमार्फत नेपाल सरकारको ध्यानाकर्षण गराइएको थियो ।
संघको अथक प्रयास पश्चात् यस महत्वपूर्ण निर्णय गरिएकोमा नेपाल सरकार र चिकित्सा शिक्षा आयोगलाई धन्यवाद ज्ञापन गर्दछौँ र साथै यस निर्णयको प्रभावले स्वास्थ्य सेवा क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनेमा हामी विश्वस्त छौँ, विज्ञप्तिमा भनिएको छ ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस