स्वास्थ्य सचिव डा. पोखरेलसहित ३ सचिव फागुनमै सेवानिवृत्त हुँदै
![](https://ap-south-1.linodeobjects.com/swasthyalive/2025/02/IMG_20250212_193055.jpg)
काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्राविधिक सचिव डा. रोशन पोखरेलसहित ३ जना सचिव फागुनभित्रै सेवानिवृत्त हुँदैछन्। स्वास्थ्य सचिव डा. पोखरेलसहित हाल केन्द्रीय कारागार सुन्धारामा थुनामा रहेका टेकनारायण पाण्डे र राष्ट्रिय योजना आयोगका सचिव मधुकुमार मरासिनी अवकाश फागुनभित्रै अवकाश हुने लाइनमा छन्।
स्वास्थ्य सचिव डा. पोखरेल र निलम्बित सचिव पाण्डे फागुन १२ गते एकैदिन सेवानिवृत्त हुने भएका छन्। त्यस्तै राष्ट्रिय योजना आयोगका सचिव मधुकुमार मरासिनी फागुन १६ गते घर जाने भएका हुन्। फागुन १८ गते अवकाश पाउने सूचीमा रहेका एकनारायण अर्याल भने मुख्यसचिवमा बढुवा भएका छन्। उनी २०८२ मंसिर १० गतेसम्म मुख्यसचिवको भूमिकामा रहनेछन्।
डा. पोखरेल सेवानिवृत्त भएपछि १२ दिनपछि खाली हुने स्वास्थ्य सचिवमा डा. संगिता कौशल मिश्र, डा. विकास देवकोटा र टंक बाराकोटी प्रतिस्पर्धामा रहेका छन्। डा. बाराकोटी प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला झापाका हुन्।
सचिव मात्र होइन फागुनमा आधा दर्जन बढी सहसचिव समेत घर जानेछन्। शिक्षा सेवाका सहसचिव दिपक शर्मा फागुन ३ गते सेवानिवृत्त हुँदैछन्।
नेपाल इन्जिनियरिङ सेवा, सिभिल इन्जिनियरिङ समूह हाइवे उपसमू हसहसचिव राजेन्द्रप्रसाद दास फागुन ११ अवकाश हुने सूचीमा छन्। त्यस्तै सरकारी वकिल तर्फका सहन्यायाधिवक्ता चन्द्रकान्त खनाल फागुन १५ मा अनिवार्य अवकाश हुनेमा पर्छन्। त्यस्तै प्रशासन सेवाका सहसचिव सूर्यप्रसाद सेढाई फागुन १६ गते अवकाश पाउने सूचीमा रहेका छन्। विराटनगर महानगरपालिका प्रमुख प्रशासकीय अधिकृत सहसचिव राजेन्द्र पराजुली पनि फागुन १९ मा घर जाने भएका हुन्। फागुनमा नेपाल सरकारका ३ सचिवसहित डेढ दर्जन उच्च पदस्थ सेवानिवृत्त हुने सूचीमा परेका छन्।
क्याटेगोरी : समाचारट्याग : ##डा टंक बाराकाेटी, ##डा संगिता कौशल मिश्रा, #टेकनारायण पाण्डे, #डा. विकास देवकोटा, #सचिव मधुकुमार मरासिनी, #स्वास्थ्य सचिव डा. रोशन पोखरेल
तपाईको प्रतिक्रिया दिनुहोस