सरकारी वकिलमा २, कानुनमा २ र न्यायमा १ सहसचिव थपिए
![](https://ap-south-1.linodeobjects.com/swasthyalive/2025/02/IMG_20250213_080841.jpg)
काठमाडौं। न्याय सेवा तर्फ ५ जना सहसचिव आन्तरिक प्रतिस्पर्धाबाट थपिएका छन्। न्याय सेवाको सरकारी वकिल समूहमा शारदा राउत र युवराज महत राजपत्राङ्कित प्रथम श्रेणी (सहसचिव)मा आन्तरिक प्रतिस्पर्धाबाट नाम निकाल्न सफल भएका हुन्। अन्तर्वार्तामा ९ जना सहभागी भएकामा सरकारी वकिल समूहको सहसचिवमा राउत र महत सिफारिस भएका छन्। विरेन्द्रप्रकाश खड्का भने बैकल्पिक उम्मेदवारका रूपमा सिफारिस भएका छन्।
त्यस्तै आन्तरिक प्रतिस्पर्धाबाट कानुन समूहमा पनि २ जना राजपत्राङ्कित प्रथम श्रेणी (सहसचिव) थपिएका छन्। उर्मिला जिसी र मानबहादुर बस्नेत कानुन समूहको सहसचिवमा सिफारिस भएका हुन्। अन्तर्वातामा ७ जना सहभागी हुँदा जिसी र बस्नेत सहसचिवमा सिफारिस हुन सफल भएका छन्। यसमा पनि ‘अभागी’ खड्का बैकल्पिकमा परेका हुन्।
न्याय समूहको सहसचिवमा भने आन्तरिक प्रतिस्पर्धाबाट सपना अधिकारी गौतमको एकल सिफारिस भएको छ। अन्तर्वार्तामा ३ जना सहभागी भएकामा सपनाको मात्र सहसचिव बन्न सपना साकार भएको हो।
आन्तरिक प्रतिस्पर्धाबाट सहसचिव हुँदा सरकारी वकिल, कानुन र न्याय तीनवटै समूहमा पहिलो नम्बरमा महिलाहरूले बाजी मार्न सफल भएका छन्।
क्याटेगोरी : समाचार
ट्याग : #उर्मिला जिसी सहसचिव, #मानबहादुर बस्नेत सहसचिव, #युवराज महत सहसचिव, #शारदा राउत सहसचिव, #सपना अधिकारी गौतम सहसचिव
तपाईको प्रतिक्रिया दिनुहोस