यी हुन् आन्तरिक प्रतिस्पर्धाबाट सिफारिस भएका प्रशासनका सहसचिवहरू


काठमाडौं। लोक सेवा आयोगले आन्तरिक प्रतिस्पर्धाबाट प्रशासन सेवामा ११ जना सहसचिवको नाम सिफारिस गरेको छ। लिखित परीक्षामा १५ जना उत्तीर्ण भएपनि अन्तर्वाताबाट ११ जनाको नाम सहसचिवमा सिफारिस भएको हो।

आन्तरिक प्रतिस्पर्धाबाट सहसचिवमा सिफारिस हुनेमा १ नम्बरमा रोशन ज्ञवाली रहेका छन्। त्यसपछि यज्ञ पुरी, मोतिराम सापकोटा, सिर्जना थपलिया, धर्मराज जोशी र धोलकराज ढकाल सहसचिवमा सिफारिस भएका छन्। त्यस्तै हेमराज अर्याल, मुक्तिराम अर्याल, रुद्रबहादुर कार्की, ध्रुव गिरी र टंकनाथ लम्साल आन्तरिक प्रतिस्पर्धाबाट सहसचिवमा सिफारिस भएका हुन्।

खुला तर्फको सहसचिवको भने नतिजा आइसकेको छैन। न्याय, परराष्ट्र र प्रशासन सेवाका आन्तरिक प्रतिस्पर्धाबाट हुने सहसचिवको नाम सिफारिस एकैदिन भएको हो।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ