प्रथम शहीद लखन थापाको स्मृतिमा शनिबार अनामनगरमा रक्तदान कार्यक्रम


काठमाडौं। प्रथम शहीद लखन थापा मगरको १४८ औं स्मृति दिवसको अवसरमा काठमाडौंको अनामनगरमा रक्तदान कार्यक्रम हुने भएको छ। काठमाडौं महानगरपालिका सहयोगमा शनिबार बिहान ९ बजेदेखि ३ बजेसम्म उक्त रक्तदान कार्यक्रम सञ्चालन हुने भएको हो।

अनामनगरस्थित सामाजिक विकास समाजको हलमा रक्तदान कार्यक्रम सञ्चालन हुने कार्यक्रम संयोजक रक्षबहादुर रैका मगरले जानकारी दिए। देउराली बचत तथा ऋण सहकारी संस्था, सामाजिक विकास समाज, चन्द्रकला सेवा समाज र कुटिघर मगर सेवा समाजको आयोजनामा उक्त रक्तदान कार्यक्रम सञ्चालन हुन लागेको हो।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ