नेपाल बीमा प्राधिकरणको अध्यक्षमा पुडासैनी सहित ५ जना संक्षिप्त सूचीमा

काठमाडौं। नेपाल बीमा प्राधिकरणको अध्यक्षमा रामशरण पुडासैनी सहित ५ जना संक्षिप्त सूची ( सर्ट लिस्ट)मा परेका छन्। पूर्वसचिव पुडासैनी चिरञ्जीवी चापागाईं, दामोदर बसौला, कमलप्रसाद रेग्मी, शरद ओझाको नाम संक्षिप्त सूचीमा परेको हो।
प्राधिकरणको अध्यक्ष नियुक्तिका लागि गठित सिफारिस समितिले संक्षिप्त सूची सार्वजनिक गरेको हो। प्राधिकरणको अध्यक्षका लागि संक्षिप्त सूचीमा परेकाहरूको प्रस्तुतिकरण र अन्तर्वार्ता अर्थ मन्त्रालयमा फागुन १० गते दिउँसो २ बजे हुने भएको छ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस