न्याय सेवा आयोगले गऱ्यो न्याय सेवा तर्फका ५ सहसचिवको पदस्थापन सिफारिस

काठमाडौं। न्याय सेवा आयोगले न्याय सेवाका ५ सहसचिवको पदस्थापनको सिफारिस गरेको छ। आयोगको बैठकले आन्तरिक प्रतिस्पर्धाबाट राजपत्राङ्कित प्रथम श्रेणी, सहसचिव भएका ५ जनालाई पदस्थापनका लागि सिफारिस गर्ने निर्णय गरेको हो।
आन्तरिक प्रतिस्पर्धाबाट नेपाल न्याय सेवा, न्याप समूहको सहसचिव भएकी सपना अधिकारी गौतमको उच्च अदालत तुलसीपुर, नेपालगञ्ज इजलासको रजिष्ट्रारमा पदस्थापनको सिफारिस गरिएको छ।
आन्तरिक प्रतिस्पर्धाबाट नेपाल न्याय सेवा, कानुन समूहका सहसचिव भएका उर्मिला जिसी र मानबहादुर बस्नेतको कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको विशेष पदमा पदस्थापनका लागि सिफारिस गरिएको छ।
नेपाल न्याय सेवा सरकारी वकिल समूह तर्फ सहसचिव भएका शारदा राउत र युवराज महतको पनि पदस्थापनका लागि सिफारिस भएको छ। राउत उच्च सरकारी कार्यालय, धनकुटाको सहन्यायाधिवक्ता र महत उच्च सरकारी वकिल कार्यालय, ईलामको सहन्यायाधिवक्तामा पदस्थापन गर्न न्याय सेवा आयोगले सिफारिस गरेको हो।
त्यस्तै उच्च सरकारी वकिल कार्यालय, तुलसीपुरमा दरबन्दी भई अहिल सत्य निरुपण तथा मेलमिलाप आयोग, काठमाडौंमा कार्यरत सहन्यायाधिवक्ता लक्ष्मण उपाध्याय घिमिरेको उच्च सरकारी वकिल कार्यालय, जुम्लामा सरुवाका लागि सिफारिस भएको छ।
त्यस्तै न्याय सेवा, न्याय समूहका उपसचिव हाल उच्च अदालत तुलसीपुर, नेपालगञ्जका इजलासका उपरजिष्ट्रार सरोज निधि वाग्लेको सर्वोच्च अदालतको इजलास अधिकृतमा सरुवा सिफारिस गरेको छ। त्यस्तै न्याय सेवा आयोगले कानुन समूहका उपसचिव अवधकिशोर कुशवाहाको नेपाल विद्युत विकास विभागमा सरूवा सिफारिस गरेको हो। उनी कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्रालयमा उपसचिव विशेष पदबाट विद्युत विकास विभागमा सरुवाका लागि सिफारिस भएका हुन्।
क्याटेगोरी : समाचारट्याग : #उर्मिला जिसी सहसचिव, #मानबहादुर बिके, #युवराज महत सहसचिव, #लक्ष्मण उपाध्याय घिमिरे सहन्यायाधिवक्ता, #शारदा राउत, #सपना अधिकारी गौतम सहसचिव
तपाईको प्रतिक्रिया दिनुहोस