युएसएडपछि ट्रम्प प्रशासनको एमसीसीमा धावा

काठमाडौं। युएसएडपछि ट्रम्प प्रशासनले अमेरिकी सहायता संस्था मिलेनियम च्यालेन्ज कर्पोरेशन(एमसीसी)माथि धावा बोलेको छ। नेपाल र अमेरिकाको संयुक्त लगानीमा सञ्चालित एमसीसी परियोजना ट्रम्प प्रशासनले ९० दिनका लागि रोकिदिएको हो।
नेपालको ट्रान्समिसन लाइन निर्माण र सडक निर्माणका लागि सञ्चालित एमसीसी परियोजना अमेरिकाले रोकिदिएपछि उक्त परियोजनाले हावा खाने सम्भावना बढेको छ। निकै नामो रस्साकस्सीपछि नेपालको संसद्बाट पारित भएको एमसीसी परियोजना अमेरिकाको एउटा ई-मेल पत्रले स्थगित भएको छ।
अर्थ मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै ‘एमसीसीले मिति २०८१ फागुन २ गतेको ई-मेल पत्रमार्फत् नेपाल सरकार र उक्त निकायबीच सम्वत् २०७४ भदौ २९ मा सम्पन्न कम्प्याक्ट अन्तर्गत कार्यन्वयन भइरहेका आयोजनाहरुसँग सम्बन्धित MCC Fund बाट भुक्तानी हुने कृयाकलापहरु अमेरिकी राष्ट्रपतिको जनवरी २०, २०२५ मा जारी ९० दिनको स्थगनसम्बन्धी कार्यकारी आदेशानुसार रोकिएको व्यहोरा सरोकारवालाहरुलाई जानकारी गराइन्छ।’, भनेको छ। यसले नेपाललाई ठूलो धक्का लागेको छ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस