नेपाल चिकित्सक संघका अध्यक्ष कार्कीलाई मातृशोक


काठमाडौं। नेपाल चिकित्सक संघका अध्यक्ष डा. अनिल बिक्रम कार्कीलाई मातृशोक परेको छ। डा. कार्कीको आमा लक्ष्मीदेवी कार्कीको बुधबार बिहान काठमाडौंमा निधन भएको हो। उनको पार्थिव शरीरको पशुपति आर्यघाटमा बिहान ११ बजे अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ।

काठमाडौं महानगरपालिका वडा नम्बर ३१ शान्तिनगर निवासी स्वर्गीय लक्ष्मीदेवी पूर्वप्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्कीकी धर्मपत्नी हुन्। लक्ष्मीदेवीको ७९ वर्षको उमेरमा निधन भएको हो।उनका छोरा डा. अनिल बिक्रम कार्की नेपाल चिकित्सक संघका केन्द्रीय अध्यक्ष हुन् भने अर्का छोरा आदर्श बिक्रम कार्की नेपाली कांग्रेसका युवा नेता तथा महासमिति सदस्य हुन्।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ