मेकिडल काउन्सिलको सदस्य बने डा. जोशी, हुमागाईं, शर्मा, राजभण्डारी र अधिकारी


काठमाडौं। नेपाल मेडिकल काउन्सिलको सदस्यमा प्रा.डा. पलेस्वाँ जोशी (लाखे), प्रा. डा. मनोज हुमागाईं, प्रा. डा. आनन्द शर्मा, डा. सन्तोषमान राजभण्डारी र रामेश्वर अधिकारी नियुक्त भएका छन्। स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदिप पौडेलले उनीहरूलाई नेपाल मेडिकल काउन्सिलको सदस्यमा नियुक्त गरेका हुन्। 

त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानकाका तर्फबाट प्रा.डा. जोशी र शर्मा डिनमध्येबाट काठमाडौँ विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्सेजका डीन प्रा. डा. मनोज हुमागाईं नेपाल मेडिकल काउन्सिलको सदस्य बनेका हुन्। त्यस्तै निजी क्षेत्रको तर्फबाट दन्त रोग विशेषज्ञ डा. सन्तोषमान राजभण्डारी नेपाल मेडिकल काउन्सिलको सदस्य बनेका छन्। उपभोक्ताको तर्फबाट भने रामेश्वर अधिकारी नेपाल मेडिकल काउन्सिलको सदस्य बन्न सफल भएका हुन् ।

क्याटेगोरी : समाचार
ट्याग : #डा. सन्तोषमान राजभण्डारी, #नेपाल मेडिकल काउन्सिल, #प्रा. डा. आनन्द शर्मा, #प्रा. डा. मनोज हुमागाईं, #प्रा.डा. पलेस्वाँ जोशी (लाखे), #रामेश्वर अधिकारी

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ