सुनसरीको कृषि फार्ममा बाेइलर कुखुरामा भेटियो बर्डफ्लु  


काठमाडौं। सुनसरीको कोशी गाउँपालिकामा बाेइलर कुखुरामा एभियन इन्फ्लुएन्जा (बर्डफ्लु)को संक्रमण पुष्टि भएको छ।  कोशी गाउँपालिकाको एक कृषि फार्ममा बोइलर कुखुरामा बर्डफ्लु भेटिएको हो।

कृषि तथा पशुपक्षी विकास मन्त्रालयका अनुसार कोशी गाउँपालिका वडा नम्बर ६ स्थित सप्तकोशी कृषि फार्ममा रहेको बोइलर कुखुरामा बर्डफ्लु पुष्टि भएको हो।  मन्त्रालयले जिल्ला प्रशासन कार्यालय, सुनसरीलाई पत्र लेख्दै नियन्त्रणका लागि चार किल्लासमेत तोकिसकेको जनाएको छ।

कृषि मन्त्रालयले सप्तकोशी फार्मबाट पूर्वतर्फ ५० मिटरको दूरीमा रहेको कच्ची बाटोसम्म, पश्चिममा खुल्ला मैदान २०० मिटरको दूरीसम्म, खुल्ला मैदान १५० मिटरको दूरीसम्म, खुल्ला मैदान ३०० मिटरको दूरीसम्म चार किल्ला तोकेको हो। बर्डफ्लु देखिएपछि उपभोक्ता र किसानहरुलाई सचेतनाका सामग्री प्रकाशन गर्ने प्रशासनको तयारी छ। उक्त फर्ममा दैनिक कुखुरा मर्न थालेपछि परीक्षण गर्दा बर्डफ्लु संक्रमण पुष्टि भएको हो। सुनसरीको कृषि फार्ममा बर्डफ्लु भेटिएपछि सतर्कता अपनाउन आग्रह गरिएको छ। यस्तो अवस्थामा कुखुराको मासु खानु निकै जोखिमपूर्ण हुन्छ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ