स्वास्थ्य मन्त्रालय र चिकित्सक संघबीच ९ बुँदे सहमति, आन्दोलनका कार्यक्रम फिर्ता

काठमाडौं। आन्दोलनरत नेपाल चिकित्सक संघ र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबीच ९ बुँदे सहमति भएको छ। नेपाल चिकित्सक संघ र स्वास्थ्य मन्त्रालयबीच ९ बुँदे सहमति भएसँगै आन्दोलनका कार्यक्रम फिर्ता लिएको हो।
नेपाल चिकित्सक संघ सरकारले आफूहरूको माग बेवास्ता गरेको भन्दै हातमा कालोपट्टी बाँधेर आन्दोलनमा होमिएको थियो। दिनको १ घण्टा हातमा कालोपट्टी बाँध्न संघले चिकित्सकहरूलाई आह्वान गरेको थियो। उस्तै परे आकस्मिकबाहेकका सम्पूर्ण स्वास्थ्य सेवा ठप्प पार्ने संघको चेतावनी थियो। स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदिप पौडेलसँग ९ बुँदे सहमति गरेपछि संघको आन्दोलन अन्त्य भएको छ।
नेपाल चिकित्सक संघसँगको सहमतिपछि स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदिप पौडेलले लेखेका छन्, ‘सेवा सुविधा सम्बन्धमा नेपाल चिकित्सक संघले राखेका माग पूरा गर्ने सन्दर्भमा आज मन्त्रालयमा सौहार्दपूर्ण वातावरणमा ९ बुँदे सहमति भएको छ। सहमतिका कुरा पालनामा इमान्दारीतापूर्वक हाम्रो प्रयत्न रहनेछ। आन्दोलनका कार्यक्रम फिर्ता लिइ सदाजस्तै स्वास्थ्य सेवा प्रदान गर्न सहमत भएकामा नेपाल चिकित्सक संघलाई हार्दिक धन्यवाद।’,
यस्तो छ संघ र मन्त्रालयबीच भएको ९ बुँदे सहमति
तपाईको प्रतिक्रिया दिनुहोस