बीमा प्राधिकरणको अध्यक्षमा पत्रकार शरद ओझा नियुक्त

काठमाडौं। नेपाल बीमा प्राधिकरणको अध्यक्षमा पत्रकार शरद ओझा नियुक्त भएका छन्। सोमबार बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले ओझालाई नेपाल बीमा प्राधिकरणको अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको हो।
व्यवस्थापनमा स्नातकोत्तर र कानुनमा स्नातक गरेका ओझालाई राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. शिवराज अधिकारीको संयोजकत्वमा गठित सिफारिस समितिले १ नम्बरमा सिफारिस गरेको थियो। उनीसँगै पूर्वराजस्व सचिव रामशरण पुडासैनी र स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक रहेर काम गरिसकेका दामोदर बस्यौला प्राधिकरणको अध्यक्षतामा नियुक्तिका लागि सिफारिस भएका थिए। तर, मन्त्रिपरिषद्को बैठकले १ नम्बरमा सिफारिस भएका ओझालाई नेपाल बीमा प्राधिकरणको अध्यक्ष नियुक्त गरेको हो।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस