स्वास्थ्य मन्त्रालयले २८ औं स्वास्थ्य सेवा दिवस मनायो


काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २८ औं स्वास्थ्य सेवा दिवस मनाएको छ। “सर्वसुलभ स्वास्थ्य सेवा: निरोगी नेपालको प्रतिबद्धता” भन्ने मूल नाराका साथ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २८ औं स्वास्थ्य सेवा दिवस मनाएको हो।

स्वास्थ्य सेवा ऐन लागू भएको दिनलाई आधार मानेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वर्षेनी फागुन १५ गते स्वास्थ्य सेवा दिवस मनाउँदै आएको छ। यो वर्षको स्वास्थ्य सेवा दिवसमा स्वास्थ्यको प्राविधिक सचिव थिएनन्। स्वास्थ्यमन्त्री प्रदिप पौडेल प्रमुख अथिति रहेको स्वास्थ्य सेवा दिवसमा स्वास्थ्यको प्रशासन तर्फका हरिप्रसाद मैनालीले अतिरक्ति सचिव डा. टंक बराकोटीलाई दाहिना पारेर बसेका थिए।

मन्त्रीको दाहिने तर्फ सचिव बस्ने ठाउँमा मैनाली र बाराकोटी बस्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ। अतिरिक्त डा. संगिता कौशल मिश्रा र डा. विकास देवकोटा देब्रे तर्फ बसेका थिए। उनीहरू ३ जनाबीच स्वास्थ्य सचिव बन्न तीव्र प्रतिस्पर्धा रहेको पाइन्छ। ३ जनामध्ये एक जनालाई मन्त्रिपरिषद्को बैठकले स्वास्थ्य सचिव बनाउने समय आइसकेको छ।

स्वास्थ्य सचिवबाट तीन दिन अगाडि अनिवार्य अवकाश पाएका डा. रोशन पोखरेल र अतिरिक्त सचिवबाट सोही दिन अवकाश पाएका दिपेन्द्ररमण सिंह पछाडिको रोहोमा बसेका थिए। स्वास्थ्य सेवा दिवसमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका उच्च पदस्थसहित उल्लेख संख्यामा कर्मचारीहरूको उपस्थित रहेको थियो।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ