काठमाडौं मेडिकल कलेजको फोहोरमा महानगरको डोजर

काठमाडौं। काठमाडौं मेडिकल कलेज एवं शिक्षण अस्पताल (केएमसी)को फोहोरमा काठमाडौं महानगरपालिकाले डोजर लगाएको छ। काठमाडौं महानगर प्रहरी बलले केएमसीले बनाएको फोहर राख्ने टहरा डोजर लगाएर भत्काइदिएको हो। डोजरले भत्काउँदा धुलो उडी जनस्वास्थ्यमा असर नपरोस् र अस्पताल क्षेत्रको वातावरणमा असर नपरोस र फोहोर को संक्रमण नहोस् भने क्लोरिनसहितको पानी छर्किए छ।
काठमाडौं महानगरपालिका वडा नम्बर ९ केएमसी अस्पताल अगाडि नागरिक उद्यान पार्कले सडक पेटीमा लगाएको तारबार र केएमसी अस्पातालले बनाएको टहरा महानगर प्रहरीले डोजर लगाएर भत्काएको हो।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस