लुम्बिनी प्रदेशको स्वास्थ्य सचिव फेरिए, वासुदेवको ठाउँमा दुर्गालक्ष्मी गइन्

काठमाडौं। लुम्बिनी प्रदेशको स्वास्थ्य सचिव फेरिएका छन्। लुम्बिनी प्रदेशको डा. वासुदेव जनार्दन उपाध्यायको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय वा अन्तर्गत सरूवा भएको छ। लुम्बिनी प्रदेशको स्वास्थ्य सचिवमा भने भेरी अस्पताल, बाँकेमा कार्यरत नर्स दुर्गालक्ष्मी श्रेष्ठलाई पठाइएको छ। श्रेष्ठ नेपाल स्वास्थ्य सेवा जनरल नर्सिङ समूहको एघारौं तहकी अधिकृत हुन्। नर्सले लुम्बिनी प्रदेशको स्वास्थ्य सचिव बन्ने सौभाग्य प्राप्त गरेकी छिन्।
उपाध्याय नेपाल स्वास्थ्य सेवा आयुर्वेद समूहका भएकाले उनी आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग, टेकुको महानिर्देशक हुने निश्चित छ। किनकि उक्त विभाग अहिले निमित्तको भरमा चलेको छ। आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागको निमित्त महानिर्देशक श्यामबाबु यादव रहेका छन्। उपाध्याय विभाग कै महानिर्देशकबाट लुम्बिनीको स्वास्थ्य सचिव भएर गएका हुन्।
क्याटेगोरी : समाचार
ट्याग : ##दुर्गा लक्ष्मी श्रेष्ठ, #डा. वासुदेव जनार्दन उपाध्याय
तपाईको प्रतिक्रिया दिनुहोस