बालेनलाई विधि सिकाउँदै पोखराको भावी मेयर घोषणा गरेका सहसचिव सुवेदी


काठमाडौं। लिलाधर सुवेदी, नेपाल सरकारका सहसचिव हुन्। नेपाल न्याय सेवा, कानून समूहका सहसचिव सुवेदी आफूलाई पोखरा महानगरपालिकाको भावी मेयरका रूपमा परिचित गराउँछन्।सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव समेत रहेका सुवेदीले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)लाई विधिको पाठ पढाउन थालेका छन्।

सहलेखापाल, लेखापाल, न्याय समूहको शाखा अधिकृत, उपसचिव हुँदै कानुन समूहको सहसचिव बनेका पोखरेली सुवेदी सुदूरपश्चिम प्रदेशमा सचिवको दोहोरो जिम्मेवारी छन्। उनी अहिले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सचिवको दोहोरो जिम्मेवारीमा रहेका छन्। उनै सुवेदीले बालेनलाई विधि पढाउन खोजेका हुन्।

सुवेदी फेसबुक स्टाटस लेख्दा नेपाल सरकारको सहसचिवभन्दा पनि पोखराको मेयरको उम्मेदवारले जस्तो जिन्दावादको नारा लगाएका छन्। उनले लेखेका छन्, ‘सहसचिव जस्तो अत्यन्त बिशिष्ट भूमिका र जिम्मेवारी भएको पदको राष्ट्र सेवक लाई महानगरमा कानून बमोजिम स्वतन्त्रता पूर्वक काम गर्न नदिने हो भने कोही पनि मान्छे टिकेर काम गर्न सक्दैन। महानगरमा कार्यरत सहसचिवले गल्ति नै गरेछ भनेपनि त्यसलाई कारवाही गर्ने अधिकार र विधि निजामती सेवा ऐन र नियमावलीमा छ, मेयरलाई छैन हुँदैन र मिल्दैन।’,

सहसचिव सुवेदी त्यतिमा मात्र रोकिएका छैनन् उनले अघि थपेका छन्, ‘सहसचिवले नसके म सक्छु भनेर उपसचिवले खुट्टा उचाल्न जरुरी छैन। दाईलाई खाने बाघले भाईलाई पनि खान्छ। कर्मचारी एकता जिन्दावाद।’, उनले लेख्दै जादा कर्मचारीभन्दा राजनीतिज्ञको शैली अपनाएका छन्।

बालेनलाई विधि पढाउने सुवेदीले भने सर्वोच्च अदालतले नै अवैधानिक ठहर गरेको जनयुद्धलाई महान ठानेका छन्। बालेनलाई विधि सिकाउने जिम्मेवार प्रदेश सचिवले नै ‘जनयुद्ध महान् थियो, महान् छ र महान् रहिरहने छ’, भनेर फेसबुकमै लेखेका छन्।  उनलाई राजनीति नै गर्न मन भए राजीनामा दिएर मैदानमा आउँदा उपयुक्त हुने देखिन्छ। कर्मचारी र राजनीतिकर्मी फरक-फरक हुन् भन्ने कुरा बुझ्न जरूरी छ।

क्याटेगोरी : समाचार
ट्याग : #लिलाधर सुवेदी सहसचिव

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ