स्वास्थ्यकाे बजेट सिलिङ तीन अरबले घट्ने


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि तीन अरब बजेट घटाएर सिलिङ पाएकाे छ ।

गत वर्ष ८६ अरबकाे सिलिङ पाएकाे स्वास्थ्यले याे वर्ष ८३ अरबकाे मात्रै बजेट सिलिङ पाएकाे हाे ।

याेजना आयाेगका अधिकारीहरुले व्यङ्ग्य गर्दै भनेका छन् , ” स्वास्थ्य मन्त्री प्रदिप पाैडेलकाे चरम उपलब्धि देखेर बजेट घटाइएको छ ।”

पाैडेल बजेट अभावका बिच जथाभावी निशुल्क र बिमा १ लाखबाट ५ लाख बनाउने भन्दै डुक्री रहेका थिए ।

बजेटको सिलिङ स्वाट्टै घटेर आएपछि स्वास्थ्यका कर्मचारीहरु नयाँ कार्यक्रमहरु बनाउन समस्या पर्ने भन्दै चिन्ता व्यक्त गर्न थालेका छन्। 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ