डाक्टर-डे को शुभकामना 


डाक्टरले चाडपर्व, बिदा, कर्फ्यु, आफै बिरामी हुँदा पनि उपचार गर्न हुन्छन तयार
आफ्नो ज्यान हत्केलामा राखी बिरामीको प्राण बचाउने भएर त भन्छन भगवानको अवतार ।।१।।

कहिले कोरोना योद्धा, कहिले बुद्धिजीवी, त कहिले ज्ञानवान हो डाक्टर
नरिसाउने, मुस्कुराउदै बिरामीको सेवा गर्ने गुणवान हो डाक्टर ।।२।।

आफ्नो ज्यानको बाजी लगाएर कोरोना युद्ध लडयो
घरपरिवारको मोह माया त्यागेर सेवा गर्दा पनि, पटकपटक हातपात सह्न पर्यो ।।३।।

भन्छन् डाक्टरले पैसा लुट्छ्न अरै!
ती आज्ञानीलाई के थाहा, भगवानरुपी डाक्टरले पैसाको अभावमा नि:शुल्क परिक्षण गराई दिन्छन्
औषधि खानु पर्यो भने नगद छुट सहित फिजिसियन स्याम्पल मिलाईदिन्छन ।।४।।

बिरामीको संक्रमणबाट कैयौं डाक्टरले प्राण गुमाए, न सहिद जतिको सम्मान पाए, न अदालतबाट न्याय
बिरामीको जीवन बचाउन अथक प्रयास गर्दा पनि, भन्छौं भयो अन्याय ।।५।।

डाक्टरले जान बचाउन प्रयास गर्ने हो, सर-समान हो र ग्यारेन्टी दिन
लापरबाही लाग्यो भने कानूनी उपचार खोज्नुपर्थ्यो तर कुटपिट किन ।।६।।

प्रशासनको गल्ती होस वा बिरामी मर्दा गाली खान्छन् डाक्टर
हाम्रो अथक प्रयासको मुल्यांकन नै नगरी कुट्न हुन्छन् अग्रसर ।।७।।

कठै मेरो देश ! गाडी दुर्घटनामा परे ड्राइभरलाई कुटने,अस्पतालमा बिरामी मरे स्वास्थ्यकर्मीलाई पिट्ने, यो मेरै जन्मभुमि हो जहाँ नेता देशको माटो बेच्दा पनि सबै छुट हुने ।।८।।

मातृभूमिमा अवसर र सम्मान खोज्दा खोज्दै, अधिकांस सक्षम डाक्टर विदेश तिर लागे
विकास, सुरक्षा र आत्मसम्मानको अनुभुती गर्न गाह्रो छ यहाँ, जबसम्म सत्ताबाट बुढानेताहरू नभागे ।।९।।

सुन नेपालीहरु हौ ! उठ,जाग, सोच र रोज असल राजनीतिकर्मी
नभए यो देश त रहन्छ, रहदैँन सक्षम स्वास्थ्यकर्मी ।।१०।।

लेखक डा. कृष्ण नन्दन मेहता  स्वास्थ्य सेवा कार्यालय डोल्पामा कार्यारत छन् । 

क्याटेगोरी : विचार, विविध

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ