ऋषिराज लुम्सालीको कृषिभूमि परिचर्चा


“आफ्नै माटो आफ्नै बाटो” परिचर्चा ४

नेपालका ७ वटा विश्वविद्यालयहरूले कृषिक्षेत्रको प्रवर्धन र विकाशको लागि के कस्ता औपचारिक शिक्षा दिइरहेकाछन् त भन्ने विषयमा परिचर्चा गर्नु अघि हाल नेपालमा कृषिभूमीको अवस्था के कस्तो छ त भन्ने बारे थोरै चर्चा गरौँ ।

नेपालको कृषिगणना २०७८ अनुसार १४७१८१०० हेक्टरमा फैलिएको नेपालमा ५८८७२४० हेक्टर बनक्षेत्र, ४१२१०६८ हेक्टर जग्गा खेतीयोग्यक्षेत्र र १७६६१७२ हेक्टर जग्गा अन्य बनबुट्यानक्षेत्र वा घाँसे मैदानको रूपमा रहेको छ । खेतीयोग्य जग्गामध्ये हाल ३०९०८०१ हेक्टर(२१ प्रतिशत)मा मात्र खेती भैरहेको र १०३०२६७ हेक्टर जग्गा बाँझो अवस्थामा रहेकोछ । वनबुट्यान र घाँसेमैदान पनि अतिक्रमणको चपेटामा परेको र भोलिका दिनहरूमा कृषिभूमिमै परिणतहुने देखिन्छ ।

कोशीप्रदेशको तराईक्षेत्रमा आवश्यक सिँचाइको अभाव एवं पहाडी र हिमालीक्षेत्रमा रोजगारी, शिक्षासुविधा र स्वास्थ्य-सुविधाको अभावले बसाइँसराईको तीब्रता बढेकाले श्रमशक्तिको अभावका साथै अनुपस्थित भूस्वामित्व अर्थात् जग्गा किनेर छोडिदिने र आँफै खेती नगर्ने जग्गाधनीले जग्गा ओगटीरहेको र त्यस्ता जग्गाधनीलाई जग्गा बाँझो राखे बापत कुनै जरिबाना नलाग्ने व्यवस्थाले बाँझो जमीनको क्षेत्रफल वर्षेनी बढीरहेको छ ।

 घर बनाउन गरेका प्लटिङ जग्गाको बेचबिखनको कारणले भैरहेको जग्गाको खण्डीकरणले पनि स-साना टुकडे जग्गामा व्यावसायिक खेति हुन नसक्दा बाँझो जमीनको क्षेत्रफल वर्षेनी बढीरहेको छ ।

आवश्यक यान्त्रीकरणको अभावले हलो-कोदालोको भरमा गरिने परंपरागत खेतीप्रणालीले गर्दा र पहाड अनि तराइमा पनि पारिवारिक अंशबण्डाको कारणले भैरहेको जग्गाको खण्डीकरणले गर्दा बचेको थोरबहुत जग्गाबाट पनि उब्जनी कम भैरहेको छ ।

छिमेकी भारतले किसानहरूलाई बिउ, मल, सिँचाइ, यान्त्रीकरण र बजारीकरण जस्ता कृषिकार्यमा प्रसस्त अनुदान दिने गरेकाले भारतीय किसानको उत्पादन सस्तो पर्ने तर नेपाली किसानको उत्पादन सरकारी अनुदानको सीमीतता र कमीले महगो पर्ने र खुलासीमानाको कारणले भारतीय सामानको निर्बाध ओइरो लाग्ने र त्यस्ता सामानसँग नेपाली किसानले प्रतिस्पर्धा गर्न नसक्दा नेपाली किसानको खेतीमा अरुचि र निराशा बढेकाले पनि बचेको थोरबहुत जग्गाबाट पनि उब्जनी कम भैरहेको छ ।

जलश्रोतको धनी मानिने नेपालको कृषियोग्य भूमिमा सिँचाइ-सुविधाको कमी वा अपर्याप्तताले वर्षमा ५ महिनामा तयार हुने मकै वा धानबाली जस्ता एकै बाली मात्र लगाएर बाँकी ७ महिना खेतबारी बाँझो रहनाले बचेको थोरबहुत जग्गाबाट पनि उब्जनी कम भैरहेको छ ।

पहाड र मधेसबाट युवाहरूको भेरहेको तीब्र बसाईसराईले गाउँघरमा बूढाबूढीहरू र हलो जोत्न नसक्ने महिलाहरू मात्र रहनाले धेरैजसो जग्गा बाँझो रहने र बाली लगाएको थोरबहुत जग्गामा पनि बानर, बँदेल र दुम्सी जस्ता जँगली जनाबरहरूको आक्रमणबाट लगाएको बालीनाली असुरक्षित हुने र क्षतिभएको बालीको सरकारबाट क्षतिपूर्ती समेत नहुनाले पनि खेतीमा किसानको अरुचिले खेतबारी बाँझो रहनाले बचेको थोरबहुत जग्गाबाट पनि उब्जनी कम भैरहेको छ । समग्रमा भन्नुपर्दा नेपाली कृषि आमा-बाबु बिनाको लाबारिसे बालक जस्तो अनाथ अवस्थामा पुगेकोछ ।

अव अर्को परिचर्चामा नेपालका ७ वटा विश्वविद्यालयहरूले कृषिक्षेत्रको प्रवर्धन र विकाशको लागि कस्तो शिक्षा दिइरहेकाछन् त भन्ने विषयमा परिचर्चा ५ मा फेरि भेटौँला ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ