अख्तियारबाट आएर खोटाङको सिडिओ बन्न तयार भएका नरहरि घिमिरे

काठमाडौं। गृह मन्त्रालयले विहीबार ५ जना सहसचिवको सिडिओमा पदस्थापन र २ सिडिओको सरूवा गऱ्यो। उक्त सरूवा सूचीमा खोटाङको प्रमुख जिल्ला अधिकारी (सिडिओ)मा नरहरि घिमिरेलाई पदस्थापन गरिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता समेत रहेका घिमिरे गृह मन्त्रालय छिर्नेबित्तिकै ‘लो प्रोफाइल’मा पर्ने जिल्ला खोटाङको सिडिओ बनेर जान तयार भएका छन्।
अख्तियारबाट गृह मन्त्रालयमा आउने सहसचिवहरू रुपन्देही, कास्की, काठमाडौं उपत्यका, प्रदेश राजधानी भएका जिल्ला, कोशी प्रदेशका तराईंका जिल्ला, वा अन्य प्रदेशका तराईंका जिल्लाको सिडिओ ताकेर आएका हुन्छन्। त्यो नभए अध्यागमन विभाग वा कार्यालय समेत उनीहरुकै रोजाईंमा हुने गर्छ।
अख्तियारबाट आएका प्रहरीका अधिकारी पनि त्यस्तै आकर्षक अड्डामा जान्छन्। अख्तियारमा काम गरेका लेखाका उपसचिव लागि त झन् कोष तथा लेखा नियन्त्रक कार्यालय, बबरमहल ठेक्का जस्तै छ। यसले अख्तियारमाथि समेत बेला-बेला प्रश्न उठ्दै आएको छ। तर, गृह मन्त्रालय अहिले फरक दृश्य देखा परेको छ। अख्तियारबाट गृह मन्त्रालय सरूवा भएर आएका सहसचिव नरहरि घिमिरे प्रतिनिधिसभाको एउटा मात्र निर्वाचन क्षेत्र रहेको पूर्वी पहाडी जिल्ला खोटाङको प्रमुख जिल्ला अधिकारी बनेर गएका छन्। त्यो जिल्लाभन्दा अख्तियार प्रमुख प्रेमकुमार राईको गृह जिल्ला संखुवासभा सिडिओका लागि आकर्षक मानिन्छ।
सँगै गृह मन्त्रालय भित्रिएका उनीभन्दा जुनियर सहसचिव धर्मराज जोशीले बाँकेको सिडिओ र दिव्यराज घिमिरेलाई बनाएर पठाउँदा घिमिरे भने खोटाङको सिडिओ बनेर गएका छन्। खोटाङको प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले फागुन २४ गतेदेखि अवकाश खोटाङ करिब एक महिनापछि मात्र खोटाङले सिडिओविहीन अवस्थामा थियो। खोटाङलगायतका जिल्लामा सिडिओ रिक्त रहेको भनेर गृहमन्त्री रमेश लेखकको आलोचना हुँदै आएको थियो। गृहमन्त्रीको इज्जत जोगाउने गरी घिमिरे खोटाङको प्रमुख जिल्ला अधिकारी भएर जान लागेका हुन्।
खोटाङको प्रमुख जिल्ला अधिकारी सहसचिव कै दरबन्दी छ। यस्तो अवस्थामा घिमिरे जस्तै सहसचिव सिडिओ बनेर जाने हो। उनी जानु हुँदैन भन्ने पनि छैन। तर, अख्तियार बसेर आएका सहसचिव वा अन्य कर्मचारी आकर्षक अड्डाको जिम्मेवारी रोजेर खोजेर जाँदा घिमिरे भने फरक देखिएका छन्। उनी गृह मन्त्रालयले खटाएको ठाउँमा सिडिओ बनेर जान तयार भएका छन्। त्यसैले सहसचिव घिमिरे चर्चा गर्न लायक देखिए।
क्याटेगोरी : समाचार
ट्याग : #नरहरि घिमिरे, #प्रमुख जिल्ला अधिकारी खोटाङ
तपाईको प्रतिक्रिया दिनुहोस