आरक्षणबाट आएका सचिवमा रम्दा खुला प्रतिस्पर्धाबाट आएकी डा. संगिता अतिरिक्त सचिवमै सीमित


काठमाडौं। अहिले महिलाबाट नेपाल सरकारका ५ सचिव रहेक छन्। त्यस्तै १ अतिरिक्त सचिव। त्यसमध्ये ४ सचिव आरक्षण, १ सचिव र अतिरिक्त सचिव खुला प्रतिस्पर्धाबाट सरकारी सेवामा आइपुगेका हुन्।

महिलाबाट सचिव हुनेमा खानेपानी मन्त्रालयकी सचिव प्रमिलादेवी बज्राचार्य, महालेखापरीक्षकको उपमहालेखापरीक्षक (सचिव) विन्दु विष्ट, ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयको सिंचाई हेर्ने सचिव सरिता दवाडी, महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयकी सचिव लक्ष्मीकुमारी बस्नेत र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकी सचिव राधिका अर्याल रहेका छन्। महिलाबाट अतिरिक्त सचिव स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी डा. संगिता कौशल मिश्रा रहेकी छिन्। सरकारले डा. संगितालाई सचिवमा बढुवा नगरेपछि उनी अतिरिक्त सचिवमै सीमित भएकी छिन्।

महिलाबाट सचिव हुनेमा महालेखापरीक्षकको कार्यालयको विन्दु मात्र खुला प्रतिस्पर्धाबाट आएकी हुन्। खानेपानीकी प्रमिला, सिंचाईकी सरिता, महिलाकी लक्ष्मी र सञ्चारकी राधिका आरक्षणबाट आएर सचिव भएका हुन्। प्रमिला र सरिता त उपसचिव र सहसचिवमै आक्षण प्रयोग गर्नेमा पर्छन्। लक्ष्मी र राधिका भने सहसचिवमा महिला आरक्षण प्रयोग गरेर सचिव भएका हुन्।

खुला प्रतिस्पर्धाबाट आएकी स्वास्थ्यकी डा. संगिता सचिव नै नभई घर जाने भएकी छिन्। कोही आरक्षणबाट आएर मन्त्रालयको सचिवमा रम्दा खुला प्रतिस्पर्धाबाट आएकी उनी भने अतिरिक्त सचिवबाटै ‘आउट’ हुने अवस्थामा पुगेकी हुन्।

योभन्दा अगाडि सचिव भएका यामकुमारी खतिवडा, देवकुमारी गुरागाईं, सेवा लम्साल पनि महिला कोटा प्रयोग गरेर आएका हुन्। अब हुने चन्द्रकला पौडेल पनि महिला कोटा प्रयोग गरेरै उपसचिव, सहसचिव हुँदै सचिव हुने लाइनमा छिन्। आरक्षणबाट आएका सहजै सचिव हुने अवस्थामा छन् र भइरहेका छन्। खुला प्रतिस्पर्धाबाट आएकी डा. संगिता भने अतिरिक्त सचिवमै सीमित हुन पुगेकी छिन्।

क्याटेगोरी : समाचार
ट्याग : #खानेपानी सचिव प्रमिलादेवी शाक्य बज्राचार्य, #डा. संगिता कौशल मिश्र, #राधिका अर्याल सचिव, #विन्दु विष्ट उपमहालेखापरीक्षक, #सचिव लक्ष्मीकुमारी बस्नेत, #सिँचाई सचिव सरिता दुवाडी

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ