महिलाको पाठेघरको मुखको क्यान्सरविरुद्ध निःशुल्क स्वास्थ्य शिविर


काठमाडौं। बुढानिलकण्ठमा महिलाको पाठेघरको मुखको क्यान्सरविरुद्ध निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मिसन अन्तर्गत हरेक स्थानीय तहमा पाठेघरको मुखको क्यान्सरविरुद्ध निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भइरहेको हो।

उपचारात्मक सेवामा सुधारसँगै निरोधात्मक विधिको प्रवर्द्धन गरेर नागरिकलाई स्वस्थ राख्ने स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलको प्राथमिकताअन्तर्गत फाल्गुन महिनाभर देशमा महिलाको मृत्युको प्रमुख कारण बनिरहेको पाठेघरको मुखको क्यान्सरविरुद्ध हरेक स्थानीय स्वास्थ्य संस्थामा निःशुल्क परीक्षण शिविर सञ्चालन भइरहेको छ ।

यसैक्रममा अन्तर्राष्ट्रिय नारी दिवसका अवसर शनिबार बुढानिलकण्ठ स्वास्थ्य चौकी, चपली घुम्तीमा शिविर सम्पन्न भएको छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ