राजावादी गतिविधि बढ्न थालेपछि सरकारले जारी गऱ्यो निषेधाज्ञा


काठमाडौं। मुलुकको संघीय राजधानी काठमाडौंमा राजावादी गतिविधि बढ्न थालेपछि सरकारले निषेधाज्ञा जारी गरेको छ।प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकको निर्देशनमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले २ महिनाका लागि निषेधाज्ञा जारी गरेको हो।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले न याँबानेश्वर, राष्ट्रपति कार्यालय, उपराष्ट्रपति कार्यालय र प्रधानमन्त्री निवास बालुवाटार आसपासका क्षेत्रमा निषेधाज्ञा जारी गरेका हुन्। काठमाडौंमा राजावादीहरुको सक्रियता बढेसँगै जिल्ला प्रशासन कार्यालय, काठमाडौंले निषेधाज्ञा जारी गरेको हो। प्रमुख जिल्ला अधिकारी तिवारीले जारी गरेको आदेशमा ती ठाउँमा ५ जनाभन्दा बढी व्यक्ति भेला हुन् निषेध गरिएको छ।

२०६२/६३ को आन्दोलनमा तत्कालीन राजा ज्ञानेन्द्र शाहको निर्देशनमा यसरी नै निषेधाज्ञा जारी गरिएको थियो। अहिले उनै ज्ञानेन्द्रका समर्थकलाई लक्षित गर्दै सरकारले काठमाडौंका विभिन्न क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ। फागुन २५ गते आईतबारदेखि निषेधाज्ञा लागू हुने गरी २४ गते शनिबार निषेधाज्ञा जारी गरिएको हो। तर उक्त आदेश सार्वजनिक पनि हुन सकेको थिएन।

क्याटेगोरी : विविध

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ