स्वास्थ्य बीमा फेरी भड्खालोमा, बीमाको ज्ञान नभएका काफ्ले बने कार्यकारी 


काठमाडौँ स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक बीमा सम्बन्धी कुनै ज्ञान नभएका व्यक्तिलाई बनाइएको छ । स्वास्थ्यमा शून्य ज्ञान भएका पौडेल जस्तै उनले आफूलाई मिल्ने व्यक्ति बीमा बोर्डको कार्यकारी निर्देशक बनाएका छन् । 

स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले बताए अनुसार बीमा एक पटक फेरी भड्खालोमा परेको छ । आफ्नै सचिवालयमा लुकिछिपी बसेर काम गरेका काफ्लेलाई पौडेलले बीमा बोर्डको कार्यकारी निर्देशक बनाएका हुन् । 

अर्थशास्त्र पढ्ने बाहेक उनको बीमामा कुनै ज्ञान नभएको अधिकारीहरू बताउँछन् । युएनडिपीको सानो प्रोजेक्टमा जिल्लाको एनजिओमार्फत सामान्य कर्मचारीको रुपमा काम गरेका काफ्ले साथीको नाताले बीमा बोर्डको निर्देशकमा नियुक्ति हुन पुगे । 

गण्डकी प्रदेशको योजना आयोगको उपाध्यक्ष भएको बताइन्छ । साथै वैदेशिक रोजगार सम्बन्धी सामान्य ज्ञान बाहेक उनमा अरु केही नभएको मन्त्रालयका अधिकारीहरू बताउँछन् । अहिले बीमा सुधार गर्न बीमाबारे अधिकतम ज्ञान भएको योग्य व्यक्ति आवश्यक परेको हो । आफ्ना मान्छे भर्तीकेन्द्र बनाउन हैन । 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ