विवादरहित व्यक्ति बने वीर अस्पतालको निर्देशक


काठमाडौँ ।  चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालको निर्देशकमा डा. दिलिप शर्मा नियुक्त भएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीको निजी चिकित्सक समेत रहेका शर्मा प्रधानमन्त्रीको निर्देशन अनुसार नियुक्त भएका हुन्। वीरको निर्देशकमा नियुक्तिका लागि डा. दिलिप शर्मा, डा. समाज गौतम र डा. अनुपमा कार्कीको नाम सिफारिस भएको थियो। डा. गौतम र कार्कीलाई पछि पार्दै शर्मा वीर अस्पतालको कमाण्ड सम्हाल्न पुगेका हुन्।

शर्मा स्वास्थ्य क्षेत्रमा आशा गरिएका व्यक्ति हुन्। प्रधानमन्त्री ओलीको निजी चिकित्सक भएर काम गरिसकेका डा. शर्मा काबिल प्रशासक समेत हुन्। उनी नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रार र चिकित्सा शिक्षा आयोगको निर्देशक भएर समेत कुशलतापूर्वक चलाईसकेका छन्। चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को झन्डै रजिष्ट्रार भइसकेका शर्मालाई प्रमिला देवानले विस्थापित गरिन्। हाललाई न्याम्स अन्तर्गत कै मानिने वीर अस्पतालको निर्देशकको जिम्मेवारी उनै शर्माले पाएका हुन्।

मेडिकल काउन्सिलको र चिकित्सा शिक्षा अयोग रहँदा डा. शर्मा खासै विवादमा आएनन्। ति निकायमा बसेर कुशलतापूर्वक जिम्मेवारी बहन गरेका शर्माको काँधमा वीर अस्पताल सुधार गर्ने जिम्मेवारी आएको छ। चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को उपकुलपति प्रा. डा. भुपेन्द्रकुमार बस्नेतले डा. शर्मा वीर अस्पतालको निर्देशकमा नियुक्त भएको जनाए। 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ