डा. शेखरले सरकारप्रति कटाक्ष गर्दै लेखे ‘विनासकाले विपरीत बुद्धि’

नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला सरकारप्रति कटाक्ष गर्दै ‘विनासकाले विपरीत बुद्धि’ भनेर लेखेका छन्। पूर्वविशिष्टलाई आजिवन सुविधा दिने गरी सरकारले कानुन बनाउन लागेको भन्दै उनले यस्तो टिप्पणी गरेका हुन्।
‘सरकार कुशासनको दुश्चक्रमा परेको भन्दै नागरिकको बढ्दो आक्रोस, सत्तारुढ पार्टीभित्र नै सरकारको कामको तिव्र विरोध र गलत तत्वहरुले सडक तताइरहेको संवेदनशील अवस्थामा अर्को दुस्कर्मको प्रयासः पूर्वविशिष्टलाई आजिवन सुविधा । यस्ता कामले व्यवस्था र पार्टीको हित गर्दैन । सरकार, यस्ता काम अघि नबढाउ बरु दिईएको सुविधा पनि घटाऊ।’,
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस