कानुनलाई शिरोधार्य गर्ने बाराकाेटी बने महानिर्देशक


काठमाडौं । स्वास्थ्य सचिव बन्नबाट राेकिएका डा. टंकप्रसाद बाराकोटी स्वास्थ्य सेवा विभागको महानिर्देशक बनेका छन् ।

झापा स्थायी घर भएका बाराकाेटीलाई केही मिडियाले केही दिन अगाडि महानिर्देशक बनाएका थिए । तर, मन्त्रालयले आज मात्रै महानिर्देशकको पत्र थमाएको छ।

बाराकोटी स्वास्थ्यमा एक इमान्दार कर्मचारीका रुपमा परिचित छन्। धेरै बोल्दैन, अरुलाई होच्याउदैनन्, सबैलाई समान देख्छन् । अझ गजबको कुरा त, उनी भ्रष्टाचारमा शून्य सहनशीलता अपनाउँछन्।

स्वास्थ्य मन्त्रालयमा अतिरिक्त सचिवका रुपमा दुई वर्षभन्दा बढी अनुभव बटुलेका उनको कार्यशैलीले उनी कानुनमाथि जाँदैनन् भन्ने स्पष्ट छाप छ। स्वास्थ्य सेवा विभाग आफैमा सहज भने छैन । ३ अर्ब बढीको खरिद हुने उक्त निकायमा अधिकांशको दबाव र प्रभाव झेल्नुपर्ने हुन सक्छ।

महानिर्देशकमा नियुक्त भएका बाराकोटीलाई यो पार लगाउनु भने फलामको चिउरा चपाउनु सरह हुनेछ। सचिवालय र सल्लाह लिने व्यक्ति निस्वार्थी भए उनले सहजै पार लगाउनेछन् ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ