युएसएआइडी कै बाटोमा ग्लोबल फन्ड , जबरजस्तको पिआरले निम्त्याएको समस्या


काठमाडौं । सरकारले ग्लोबल फन्डको पिआर सेभ द चिल्ड्रेनबाट खोसेको आज ४३ दिन पुगेको छ । तर ४३ दिन बितिसक्दा समेत सरकार र यूएनडिपीको तयारी शून्य छ ।

अमेरिकाले नेपालमा दिएको सहयोग गलत भएको निष्कर्षसहित कार्यक्रम बन्द गरेको अवस्था छ । अहिले सेभबाट खोसेपछि ग्लोबल फन्ड पनि सोही बाटोमा अगाडि बढेको छ । जसका लागि र जे उदेश्यले उक्त बजेट नेपालमा आएको हो, त्यही कार्य महिनौंदेखि भएको छैन ।

तत्कालीन स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत र स्वास्थ्य मन्त्रालयकी अतिरिक्त सचिव संगीता कौशल मिश्रको मिलेमतोमा ग्लोबल फन्डको पिआर परिवर्तन भएको थियो ।

बस्नेतले मन्त्रालयमा ‘गुण्डा’नै प्रयोग गरेर यूएनडीपीलाई पिआर सुम्पिन तयार भएका थिए । तर अहिले उक्त पिआरमा यूएनडीपी स्वयं आफै खुसी नभएको जस्तो देखिएको छ । उसको कार्यशैली हेर्दा जबरजस्त गरेर पिआर दिएको जस्तो देखिएको छ । बस्नेत र संगिता खुसी भएपनि जसले प्रत्यक्ष सेवा लिएका नागरिक छन् उनीहरु खुसी छैनन् । जसका लागि आएको बजेट हो, उनिहरुमा पुग्दैन भने ग्लोबल फन्ड पनि नेपालका लागि राख्ने वा नराख्ने सम्बन्धीत देशले सोच्नु पर्छ ।

सरकार र यूएनडीपीको तयारी नपुगेको भन्दै अगाडि नै ग्लोबल फन्डले पुरानै पिआर अर्थात् सेभ द चिल्ड्रेनलाई ६ महिना समय थप गरिदिएको थियो । उक्त ६ महिना सरकारका लागि पर्याप्त समय भएको सम्बन्धित क्षेत्रका अधिकारीहरू बताउँदै आएका थिए । तर, समय सकिएर नयाँ पिआरबाट सुरु हुने सम्झौताको पनि ४३ दिन बितेको छ । काम माखो मरेको छैन । स्वास्थ्य मन्त्रालय समन्वय महाशाखाको लाचारी पनले गर्दा पनि अहिले यो समस्या आएको हो ।

थप समय सकिएको फेब्रुअरी १ मा हो । फेब्रुअरी १ बाट यूएनडीपी र नेपाल सरकारले कार्यक्रम सञ्चालन गर्नुपर्ने हो । तर अहिलेसम्म कामले गति लिन सकेको छैन । अझ गज्जबको कुरा त, पिआर बनेको सरकार र ग्लोबल फन्ड दुबैले कर्मचारी भर्ना समेत गर्न सकेका छैनन् । यसले पनि नयाँ पिआरबाट ग्लोबल फन्डको कार्यक्रम सहज रुपले अगाडि बढ्छ भन्नेमा प्रश्न उठेको छ ।

ग्लोबल फन्ड र सरकार दुवैले काम प्रति चासो नदेखाउँदा समुदायमा ४३ दिनदेखि कार्यक्रम ठप्प छन् । सबैभन्दा बढी मारमा संक्रमित परेका छन् । एचआइभीका क्षेत्रमा काम गर्ने निकायहरूले बताए अनुसार ४३ दिनदेखि संक्रमितहरूले सहज रूपले सेवा पाएका छैनन् । अधिकारीहरुले बताए अनुसार ठूलो संख्यामा संक्रमितहरू लुकिछिपी एआरटी खाँदै आएका थिए ।

नयाँ पिआरबाट कार्यक्रम अगाडि नबढेका कारण लुकीछिपी एआरटी खाने संक्रमितहरूले सेवा पाएका छैनन् । एआरटी औषधि नेपाल सरकारले निःशुल्क पनि वितरण गरेको छ । तर, सबैले औषधि खुलेर खाँदैनन् । समाजमा नखुलेका ठूलो संख्याका संक्रमित छन् उनीहरुले औषधि सेवन गर्न अहिले पाएका छैनन् जसको मुख्य कारण नयाँ पिआरले काम गर्न नसक्नु हो । हुनत विगतमा पनि युएनडीपी र सरकारले ग्लोबल फन्डको पनि पिआर चलाउन नसकेर सेभमा गएको थियो । अहिले झन खरानी पार्ने देखिएको छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ