नेपाल बार निर्वाचन:

विजयको टिम सुदूरपश्चिमतिर रमणको टिम पूर्वतिर


काठमाडौं। नेपाल बार एसोसिएसनको निर्वाचनको प्रचार-प्रसार तीव्र रुपमा भइरहेको छ। आगामी चैत २३ गते हुने निर्वाचनका लागि मुख्य प्रतिस्पर्धी टिमबीच चुनाव प्रचार-प्रसारमा दौडधुप भइरहेको हो। वरिष्ठ अधिवक्ता प्रा. डा. विजयप्रसाद मिश्र नेतृत्वको वृहत्त लोकतान्त्रिक प्रगतिशील, पेशगत एवं समावेशी कानुन व्यवसायी समूह चुनाव प्रचारप्रसारका लागि सदूरपश्चिमतिर लागेको छ।

वरिष्ठ अधिवक्ता रमणकुमार श्रेष्ठको नेतृत्वमा चुनावी मैदानमा खडा भएको व्यवसायिक कानुन व्यवसायी समूह नाम दिएको टिम पूर्वतिर हानिएको हो। सुदूरपश्चिमको महेन्द्रनगर र धनगढीमा आईतबार नै पुगेको मिश्रको टिम सोमबार बर्दिया हुँदै नेपालगञ्ज पुग्नेछ। उक्त समूह पश्चिमबाट पूर्वतिर लागिरहेको छ। नाम नै विजय भएका र निर्वाचन जित्ने उच्च सम्भावना बोकेका मिश्र नेतृत्वको टिम पश्चिमबाट पूर्वतिर लागेको हो। उक्त समूहको महासचिव केदारप्रसाद कोइराला र कोषाध्यक्षमा जगतबहादुर कार्की उम्मेदवार रहेका छन्। डीएलए र पीपीएलएबीच गठबन्धन रहेकाले विजयको टिमलाई पराजय गराउनु भनेको रमणको टिमका लागि फलामको चिउरा चपाउनु सरह देखिन्छ। विजयको टिम उत्साहका साथ पश्चितबाट पूर्वतिर लागेको छ।

रमण नेतृत्वको टिम काभ्रेपलाञ्चोक, सिन्धुली हुँदै सोमबार धरान पुग्ने कार्यतालिका रहेको छ। सोमबार दिउँसो उक्त टिम झापा पुग्नेछ। रमणको टिममा महासचिव यज्ञमणि न्यौपाने र कोषाध्यक्षमा दिपक राई उम्मेदवार रहेका छन्।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ