नेपाल प्रहरीको आईजीपीमा दिपक थापा बढुवा


काठमाडौं। नेपाल प्रहरीको प्रहरी महानिरीक्षक आईजीपीमा दिपक थापा बढुवा भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले थापालाई नेपाल प्रहरीको आईजीपीमा बढुवा गर्ने निर्णय गरेको हो। उनले ६ महिना नेपाल प्रहरीको कमाण्ड सम्हालेछन्। केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) प्रमुख रहेका दिपक थापा नेपाल प्रहरीको ३१ औं महानिरीक्षक बनेका छन्।

प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले ३० वर्षे सेवा अवधिका कारण अनिवार्य अवकाश पाएपछि थापाको काँधमा नेपाल प्रहरीको कमाण्ड सम्हाल्ने जिम्मेवारी आईपुगेको हो। आईजीपीका लागि एआईजीपीत्रय थापा, सुदिप गिरी र टेकबहादुर तामाङबीच प्रतिस्पर्धा भएपनि थापाले बाजी मारेका हुन्।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ