आरआर क्याम्पसको स्ववियु उप-सभापति पदका लागि शैलेन्द्र उपाध्याय मैदानमा

काठमाडौं । चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी संघ (स्ववियु) निर्वाचनको चर्चा देशभरका क्याम्पसहरूमा छ। नेपालका प्रतिष्ठित क्याम्पसमध्ये एक, रत्नराज्य लक्ष्मी (आरआरझझ) क्याम्पसमा पनि चुनावी माहोल तातेको छ।
नेपाल विद्यार्थी संघ (नेविसंघ), अनेरास्ववियु, अखिल क्रान्तिकारी र स्वतन्त्र समूहहरू प्रतिस्पर्धामा छन्। यसै सन्दर्भमा, नेविसंघबाट समानुपातिक तर्फ उप-सभापति पदका लागि शैलेन्द्र उपाध्याय चुनावी मैदानमा उत्रिएका छन्। बाजुरा स्थायी घर भएका उपाध्याय हाल आरआर क्याम्पसमा स्नातक चौथो वर्षमा अध्ययनरत छन्।
शैलेन्द्र उपाध्याय केवल उम्मेदवार मात्र होइनन्, उनी नेतृत्वमा अब्बल क्षमता भएका विद्यार्थी प्रतिनिधि हुन्। अध्ययनसँगै विद्यार्थीका विभिन्न समस्यामा उनी सक्रिय रूपमा सहभागी हुँदै आएका छन्। विद्यार्थीहरूको मागलाई उचित स्थान दिन र प्रशासनलाई जवाफदेही बनाउन उनी सधैं अग्रसर रहन्छन्।
विद्यार्थीहरूले क्याम्पसमा भोग्ने कठिनाइलाई गहिरोसँग बुझ्ने र समाधानका लागि प्रभावकारी कदम चाल्ने उनको विशेषता हो। यस्तै कारणले गर्दा विद्यार्थीहरूबीच उनी लोकप्रिय छन्।
विद्यार्थीलाई गुणस्तरीय शिक्षा दिन क्याम्पस प्रशासनले प्रभावकारी नीति लागू गर्नुपर्छ उनी भन्छन् । नियमित कक्षा सञ्चालन नगर्ने प्रवृत्ति अन्त्य गर्नुपर्ने, विद्यार्थीहरूको शैक्षिक प्रगति सुनिश्चित गर्न समयमै परीक्षा हुनुपर्ने, र पारदर्शी रूपमा नतिजा प्रकाशन गर्नुपर्ने जस्ता विषयमा उनले निरन्तर आवाज उठाएका छन्। उनी भन्छन्, ‘विद्यार्थीहरूको भविष्य कुनै पनि प्रशासनिक कमजोरीका कारण प्रभावित हुन दिनुहुँदैन। समयमै अध्ययन, परीक्षा, र नतिजाको सुनिश्चितता हाम्रो प्रमुख माग हो।’
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस