पिआर धान्न नसक्दा ४४ दिन देखि एचआईभी संक्रमितले सेवा पाएनन्, मलेरियाकाे कार्यक्रम उत्तानो

काठमाडौं । सरकार र युएनडिपिकाे गैरजिम्मेवारीपनले गर्दा मलेरिया, एचआईभी र क्षयरोगका कार्यक्रम ४४ दिन देखि ठप्प छ । सेभबाट सहज रुपमा चलेको कार्यक्रम युएनडिपि र सरकार पिआर भएसँगै उत्तानो परेकाे छ ।
सरकारले ग्लोबल फन्डको पिआर सेभ द चिल्ड्रेनबाट खोसेको आज ४४ दिन भएको छ । धमाधम फिल्डमा काम हुनुपर्ने, एचआईभी संक्रमितले सेवा पाउँनु पर्ने अहिले सम्म जनशक्तिको व्यवस्थापन गरेकाे छैन । विगतमा पिआर पाउने दाउमा “सियो” झै बनेको युएनडिपि पिआर पछि “फाली” बनेर देखा परेको छ ।
एसआर छनाेट र उनिहरुलाइ दिएको बजेट सिलिङ समेत पिआर पाएपछि घटाउने धम्की युएनडिपिले दिन थालेको बुझिएको छ । हुनत, कमिलाकाे प्वाख पलायो भने धेरै बाच्दैन । त्यसैले जसले भाेट हालेर पिआर पायो उसैैकाे मन दुखाएपछि ग्लाेबल फन्डकाे पिआर लामाे जादैन भन्ने बुझिन्छ ।
हुनत विगतमा पनि स्वास्थ्य तथा जनसंख्या मन्त्राालय र युएनडिपि पिआर भइसकेका हुन् । आर्थिक अनियमितता भएको पाएपछि सिआइबिले छापामारेर मन्त्राालबाट कम्प्युटर लगायत कागजात नियन्त्रणमा लिएपछि ग्लाेबल फन्डले पिआर खाेसेर सेभमा दिएको थियाे ।
सेभ बाट पिआर खाेसेसँगै कामले गति लिन सकेन । इपिडिमियाेलाेजी तथा राेग नियन्त्रण महाशाखाका अनुसार अहिलेसम्म कर्मचारी व्यवस्थापनकाे विषय अगाडि बढेको छैन । विगतमा मलेरियाममा काम गर्न सेभले २२ जना कर्मचारी राखेको थियाे ।
ग्लाेबल फन्डकाे ६ अरब बजेटमा ४ मिलियनमा सरकार पिआर छ । बाँकी सबै युएनडिपि पिआर छ । ग्लाेबल फन्ड बास्केटमा अमेरिकी सरकारको पनि ३२% लगानी रहेको छ । सहि रुपमा लगानी नभएको भन्दै धमाधम सहयोग राेकेकाे अमेरिकाले सरकारको यहि रबैया जारी रहे ग्लाेबल फन्डमा नेपालमा राेक्दिन सक्छ । त्यसैले भिम सापकोटा जस्ता असक्षम र स्वार्थकाे झुण्ड भन्दा निस्वार्थ र याेग्य व्यक्तिबाट काम गर्नुपर्ने देखिन्छ ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस