शेखर कोइरालाको साथमा बालकृष्ण र एनपी

काठमाडौं। पछिल्लो समय नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाको साथमा बालकृष्ण खाँण र एनपी साउद देखिन थालेका छन्। पार्टी सभापति शेरबहादुर देउवा निकट रहेका उनीहरू पछिल्लो समय शेखरको साथमा देखिन थालेका हुन्।
बालकृष्ण र एनपीले देउवाको साथ छाडेर डा. शेखर ‘क्याम्प’मा पुगेको चर्चाकाबीच उनीहरू शेखरसँग एकसाथ देखिन थालेका छन्। शुक्रबार काठमाडौंको बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्ड डा. शेखर प्रमुख अतिथि रहेको कार्यक्रममा विशिष्ट अतिथिको रूपमा सहभागी हुँदैछन्। “देशको वर्तमान अवस्था,चुनौतीहरू र नेपाली कांग्रेसको भूमिका”का विषयमा बृहत्त अन्तरक्रिया कार्यक्रममा बालकृष्ण खाँण र एनपी साउद विशिष्ट अतिथिका रुपमा सहभागी हुन लागेका हुन्।
नेपाली कांग्रेस मोरङ-काठमाडौं सम्पर्क समिति २०८१ चैत ८ गते शुक्रबार बिहान साढे ११ बजे राखेको कार्यक्रममा शेखरका साथमा बालकृष्ण र एनपीको उपस्थितिलाई अर्थपूर्ण हेरिएको छ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस