स्वास्थ्यका नयाँ अतिरिक्त सचिव, श्रीकृष्ण श्रेष्ठ, केशर र सुधा!


काठमाडौं ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दुई जना १२ औं तहका लागि प्रक्रिया अगाडि बढाएको छ। स्वास्थ्य लाइभले सबै कर्मचारीको कार्यसम्पादन मूल्यांकन नम्बर यस अगाडिको समाचारमा प्रकाशित गरेको छ । 

दर्जनौं ११ तहका कर्मचारीमध्ये ५८ जनाले मात्रै १२ तह बढुवा हुन योग्य भनेर निवेदन दिन पाउनेछन्। सिडिपी तालिम लिएकाहरूले मात्रै बढुवाका लागि निवेदन दिन सक्नेछन्। यो तालिम लिनेहरू ५८ जना मात्रै छन्। 

सरकारले प्रक्रिया अगाडि बढाए पनि अतिरिक्त सचिवको नयाँ अनुहार पक्कापक्की जस्तो छ। विगत देखि नै मन परे भर्ने नपरे नभर्ने गर्दै आएका डा. श्रीकृष्ण श्रेष्ठ पहिलो नम्बरमा छन्। उनले बढुवाका लागि निवेदन दिए एक जना अतिरिक्त सचिव उनै हुनेछन्।

त्यस्तै २ र ३ नम्बरमा रहेका डा. टङ्क बाराकोटी (हाल १२ तह) र डा. विकास देवकोटा (हाल सचिव) भइसकेकाले ४ नम्बरमा रहेका डा. केशर बहादुर ढकाल अगाडि आउँनेछन् ।

त्यस्तै ५ नम्बरमा रहेकी डा. सुधा देवकोटा अहिले अगाडि आएकी छन्। हुन त एकहप्ता ढिला गरेर प्रक्रिया अगाडि बढाएको भए स्वास्थ्यमा तीन पद अतिरिक्त सचिव खाली हुने थियो। डा. संगिताकाे राजीनामा कुर्न नसक्दा यी तीनमध्ये दुई जना मात्रै अतिरिक्त सचिवमा बढुवा हुने छन्।

विगतमा लक्ष्मण अर्यालले ३९ नम्बर दिदा बढुवा हुनबाट बाहिरिएकी डा. सुधा यसपटक अन्यायमा नपरे अगाडि आउने देखिन्छ । उनको अन्यायले डा बिकास फड्को मार्न सफल भएका थिए । उनै बिकासले डा सुधालाइ अहिले पक्कै न्याय दिनेछन् । एक पुरुष र एक महिला बढुुवा गर्दा विवाद पनि हुने छैन ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ