डेढ सय वर्ष पुरानो डिल्लीबजारको राम मन्दिर नक्साबाट गायब

फिल्डबाट पनि गायब हुने खतरामा


काठमाडौं। डेढ सय वर्षभन्दा पुरानो काठमाडौंको डिल्लीबजारस्थित राम मन्दिर (रामचन्द्र बाहाल) नक्साबाटै गायब पारिएको पाइएको छ। स्थानीयहरूले खोजी गर्दा नापी नक्साबाटै मन्दिरको पहिचान मेटेको भेटिएको हो।

डिल्लीबजारको मालपोत कार्यालय र गोश्वारा हुलाकसँगै जोडिएको राम मन्दिर नक्साबाट गायब पारिएको स्थानीयहरूले उपलब्ध गराएको प्रमाणबाट देखिन्छ।

पुरानो नक्सामा मन्दिर उल्लेख भएकोमा कित्ताकाट गरेर मन्दिरको अस्तित्व मेटिएको हो। उक्त स्थानमा काठमाडौं महानगरपालिका वडा नम्बर ३० को वडा भवन बनाउन थालेपछि नयाँ रहस्य बाहिर आएको हो।

डिल्लीबजार मालपोत कार्यालयसँगै जोडिएको राम मन्दिर तथा शिव मन्दिर रहस्यमय तरिकाबाट नयाँ नापी नक्शाबाट हराएको भन्दै स्थानीयहरूले आन्दोलित भएका छन्।

क्याटेगोरी : समाचार
ट्याग : #डिल्लीबजार राम मन्दिर, #रामचन्द्र बाहाल

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ