कांग्रेस सांसद बजगाईंको अवैध वर्णवास म्युजियम बुटिक होटल

काठमाडौं। कानुन बनाउने जिम्मेवारीमा रहेका नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईं कानुन मिच्नेमा पर्छन्। संसद्ले नै बनाएको कानुनलाई अवज्ञा गर्दै सांसद बजगाईंले काठमाडौंमा अवैध ढंगले होटल सञ्चालन गरेका छन्।
संसद्ले बनाइदिएको कानुन अनुसार काठमाडौंमा होटल बनाउन काठमाडौं उपत्यका विकास प्राधिकरणबाट योजना अनुमति (प्लानिङ परमिट) लिनुपर्छ। तर, सांसद बजगाईंले बनाएको वर्णवास म्युजियम होटलले प्राधिकरणबाट प्लानिङ ‘परपिट’ लिएको पाइँदैन।
गोरखा १ बाट प्रतिनिधिसभाका सदस्य (सांसद)मा निर्वाचित बजगाईं संसद्ले बनाएको कानुनलाई चुनौती दिँदै अवैध रूपमा पाँचतारे बुटिक होटल चलाउनेमा पर्छन्। काठमाडौं उपत्यका विकास प्राधिकरणसँग बजागाईंको वर्णवास म्युजियम होटलको प्लानिङ परमिट माग्दा फेला परेन।
सांसद बजगाईंले चलाएको बुटिक होटल वर्णवास म्युजियम होटल प्रालि काठमाडौं अवैध रहेको पाइएको छ। त्यस्ता अवैध संरचना नियमन गर्ने मुख्य जिम्मेवारी बोकेको काठमाडौं उपत्यका विकास प्राधिकरण पनि जिम्मेवारी बहन गर्न चुकेको पाइन्छ।
सांसद बजगाईंको वर्णवास म्युजियम होटल पर्यटन विभागमा बुटिक होटलका रूपमा दर्ता छ। आफैं अवैध होटल चलाइरहेका बजगाईं पर्यटनमन्त्री बद्रीप्रसाद पाण्डेसँग जुधिरहेका छन्। काठमाडौं उपत्यका विकास प्राधिकरणले ‘प्लानिङ परमिट’ नलिएका होटलको नवीकरण नगर्न पत्राचार गऱ्यो भने सांसद बजगाईंको होटल पनि नवीकरण नहुने सम्भावना देखिन्छ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस