कालोपुलमा ढुंगा प्रहारबाट काठमाडौं महानगरपालिकाका कर्मचारी घाइते


काठमाडौं। काठमाडौं महानगरपालिकाले कालोपुल क्षेत्रमा अवैध रूपमा बनेका संरचना हटाउने क्रममा महानगरका कर्मचारीमाथि आक्रमण भएको छ। काम अवरोध गर्न आएका समूहले ढुंगा प्रहार गर्दा महानगरका एक चालक कर्मचारी घाइते भएका छन्।

घाइते कर्मचारीको दाहिने हात र दाहिने खुट्टाको घुँडानजिक गहिरो चोट लागेको छ। घाउ सफा गरी टाका  लगाइएको छ भने टिटानस संक्रमण रोक्न Inj. T.T.  दिइएको छ। थप संक्रमण हुन नदिन ५ दिनको एन्टिबायोटिक औषधि दिइएको उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन्।

महानगरपालिकाले अवैध रूपमा बनेका संरचना हटाउने कामलाई निरन्तरता दिने बताएको छ भने सुरक्षा निकायलाई दोषी पहिचान गरी कारबाही गर्न आग्रह गरेको छ। घटनाका दोषी पहिचान गर्न र सुरक्षा व्यवस्था कडा बनाउन नेपाल प्रहरी र प्रशासनसँग समन्वय भइरहेको महानगर स्रोतले जनाएको छ।

यस घटनाले काठमाडौं महानगरपालिकाको अतिक्रमण हटाउने अभियानलाई चुनौती दिएको छ। महानगरपालिकाले भविष्यमा यस्ता हिंसात्मक गतिविधि रोक्न थप सुरक्षा उपायहरू अपनाइने जनाएको छ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ