साढे १५ वर्षपछि सचिव भए वीरेन्द्रकुमार यादव


काठमाडौं। सिडिओको लतले सचिव हुन भुलेका वीरेन्द्रकुमार यादव बल्ल सचिवमा बढुवा भएका भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले यादवलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो। अहिले उनी कर्णाली प्रदेशको कायममुकाय प्रमुख सचिव छन्। सचिवमा बढुवा भएका यादव कर्णाली प्रदेशको प्रमुख सचिवमा पदस्थापन भएका हुन्।

२०६६ असोजमा मधेशी कोटाबाट सहसचिव भएका वीरेन्द्रकुमार यादव साढे १५ वर्षपछि सचिवमा बढुवा हुन लागेका हुन्। सिडिओ हुन पल्किएका उनी विशिष्ट श्रेणी (सचिव)मा बढुवा हुन आवश्यक पर्ने उच्चस्तरीय कार्यकारी विकास कार्यक्रम (एसईडीपी) तालीम नै नलिई बसेका थिए। सँगैका सहसचिवहरू बैकुण्ठ अर्याल, बुद्धिबहादुर खड्का, यादवप्रसाद कोइराला, रामप्रसाद थपलिया सचिव भएर अवकाश भएपछि यादव बल्ल सचिव भएका छन्।

कृषिको अधिकृतबाट २०६६ साल असोजमा मधेशी कोटाबाट सीधै प्रशासन सेवा तर्फको सहसचिव भएका यादव मधेश प्रदेशको गृह सचिव हुँदै राष्ट्रिय योजना आयोग प्रवेश गरेका हुन्। योजना आयोगमा आएपछि मात्र उनले सचिव हुनका लागि आवश्यक पर्ने ‘एसईडिपी’ तालिम लिएका हुन्। फागुन पहिलो हप्ता एसईडिपी तालिम सकिएपछि सचिव हुने लाइनमा लागेका थिए। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई सचिव बनाइदिएको हो।

यादव मोरङ, सप्तरी, उदययपुर, सिरहा, धनुषा, महोत्तरी, सुर्खेत, नुवाकोट, संखुवासभा, बारा, पाल्पा, डोटीलगायतका जिल्लाको सिडिओ चलाएर सचिव हुन आएका हुन्। २०३१ असार १५ गते सर्लाहीमा जन्मिएका उनी ५० वर्षमा सचिव भएका हुन्। वीरेन्द्र ५५ वर्षको उमेरमा सचिवको ५ वर्षे सेवा अवधि पूरा गरेर घर जानेछन्। निजामती सेवामा सबैभन्दा वरिष्ठ सहसचिव नै यादव हुन्।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ