तेस्रोपटक पनि सहसचिवको वैकल्पिकमा परे धर्मराज रोकाया


काठमाडौं। धर्मराज रोकाया तेस्रोपटक पनि सहसचिवको वैकल्पिकमा परेका छन्। लोक सेवा आयोगले लिएको सहसचिवको खुला प्रतिस्पर्धामा उनको लिखितमा नाम निस्केको थियो। तर, उनी योपटक पनि वैकल्पिकमा परेका हुन्।

खुला तर्फको सहसचिवमा मुकेश डंगोल, एकदेव अधिकारी र सफल पोर्तेल सिफारिस हुँदा धर्मराज वैकल्पिकमा धकेलिएका छन्। महिला कोटाबाट सहसचिवमा निता शर्मा र दलितकोटाबाट लक्ष्मीकुमार बि. क. सिफारिस भएका हुन्।

धर्मराज २०७९ सालको आन्तरिक प्रतिस्पर्धामा सहसचिव वैकल्पिकमा परेका थिए। आन्तरिक प्रतिस्पर्धामा रामकृष्ण लामिछाने, विन्देश्वरप्रसाद लेखक, बद्रीनाथ गैह्रे, पार्वती अर्याल सिफारिस हुँदा धर्मराज वैकल्पिकमा परे। त्यो बेला धर्मराज वैकल्पिकमा परेका थिए।

गत माघमा आन्तरिक प्रतिस्पर्धाबाट ११ जना सहसचिव सिफारिस हुँदा पनि धर्मराज वैकल्पिकमै धकेलिए। उक्त समयमा रोशन ज्ञवाली, यज्ञ पुरी, मोतिराम सापकोटा, सिर्जना थपलिया, धर्मराज जोशी, धोलकराज ढकाल, हेमराज अर्याल, मुक्तिराम अर्याल, रुद्रबहादुर कार्की, ध्रुव गिरी, टंकनाथ लम्साल सहसचिवमा सिफारिस भएका थिए। आन्तरिकबाट खुलातिर प्रवेश गरेका धर्मराज फेरि वैकल्पिकमै सीमित भए। मुक्तिराम अर्याल चौथो प्रयासमा सहसचिव भएकाले धर्मराजले पनि हरेश खानु हुँदैन।

क्याटेगोरी : समाचार
ट्याग : #एकदेव अधिकारी, #धर्मराज रोकाया, #मुकेश डंगोल, #सफल पोर्तेल

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ