दुईपटक दलित कोटा प्रयोग गरेर परराष्ट्रको सहसचिव भए दिपक

काठमाडौं। परराष्ट्र सेवाको दलित कोटाबाट सहसचिवमा दिपक वि. क. सिफारिस भएका छन्। लोक सेवा आयोगले उनलाई परराष्ट्र सेवाको सहसचिवमा स्थायी नियुक्तिक लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सिफारिस गरेको हो।
चौरपाटी आछाम साविक लुंग्राका दिपक दुई जनालाई पछि पार्दै दलित कोटाबाट परराष्ट्र सेवाको सहसचिवमा सिफारिस भएका हुन्।
लोक सेवा आयोगले लिएको लिखित परीक्षामा परराष्ट्र सेवाको दलित कोटाको सहसचिवमा दिपक, विकासकुमार रजक र सुजनी राना उत्तीर्ण भएका थिए। दलित सहसचिव १ पदका लागि ३ जनाको नाम निस्किएपनि दिपकले बाजी मारेका हुन्।
दलित कोटाबाट ह्याट्रिक हान्ने दाउमा रहेकी सुजनी रानालाई रोक्दै दिपकले उपसचिवको वैकल्पिकमा परेको बदला लिएका छन्।दिपकले २०७१ सालमा दलित कोटाबाट परराष्ट्र सेवाको शाखा अधिकृतमा नाम निकालेका थिए। उनी त्यसको १० वर्षपछि २०८१ मा दलित कोटाबाटै परराष्ट्रको सहसचिव बनेका हुन्।
२०७८ सालमा दलित कोटाबाट परराष्ट्र सेवाको उपसचिव लिखितमा नाम निकाले उनी वैकल्पिकमा सिफारिस भए। त्यो बेला सुजनी दलित कोटाबाट उपसचिव सिफारिस हुँदा दिपक भने वैकल्पिकमै चित्त बुझाउन बाध्य भए। उपसचिवमा सुजनीसँग वैकल्पिकमा परेका दिपकले सहसचिवमा उक्ति नतिजा उल्ट्याउन सफल भएका छन्।
दलितमा सुजनीको ह्याट्रिकलाई रोकेर डब्बल कोटा खानेमा दिपक परेका छन्। जुन संविधानको सामाजिक न्यायको हकसम्बन्धी हकले आर्थिक, सामाजिक र शैक्षिक दृष्टिले पछि परेकालाई आरक्षण दिने भनेको छ। त्यसैलाई उपयोग गर्दै उनी परराष्ट्रको सहसचिव भएका हुन्। अहिले भने अधिकृतस्तरमा एकपटक मात्र आरक्षण दिने गरी प्रस्तावित संघीय निजामती ऐनमा व्यवस्था गर्ने तयारी भइरहेको छ।
क्याटेगोरी : समाचार
ट्याग : #दलित कोटा, #दिपक वि. क., #परराष्ट्र सेवा, #विकासकुमार रजक, #सुजनी राना
तपाईको प्रतिक्रिया दिनुहोस