न्याय सेवाको सहसचिवमा सरकारी वकिलको बर्चस्व

काठमाडौं। न्याय सेवाको सहसचिव खुलामा सरकारी वकिलहरूको बर्चस्व देखिएको छ। न्याय सेवाको कानुन र सरकारी वकिल समूहको खुलामा सिफारिस भएका सबै सरकारी वकिल नै हुन्।
लोक सेवा आयोगले हालै न्याय र सरकारी वकिल समूहमा सिफारिस गरेका सहसचिवहरू हेर्दा ३ नै जना सरकारी वकिलबाटै आएका देखिन्छन्। न्याय सेवा, न्याय समूहको सहसचिवमा सिफारिस भएका अमित उप्रेती महान्यायाधिवक्ता कार्यालयमा उपन्यायाधिवक्ता रहेका थिए। सरकारी वकिल समूहको सहसचिव(सहन्यायाधिवक्ता)मा सिफारिस भएका विवेककुमार बराल र श्रीधर अर्याल पनि सरकारी वकिल समूहकै हुन्। न्याय सेवा सरकारी वकिल समूहको सहसचिवमा वैकल्पिकमा परेका गणेश पौडेल पनि वकिल समूह है हुन्।
खुलाबाट १ जना आवश्यक रहेको न्याय सेवा, न्याय समूहको लिखितमा उप्रेती, बराल र अर्यालले नाम निकालेका थिए। अन्तर्वार्तापछि भने उप्रेती न्याय समूहको सहसचिवमा सिफारिस भएका छन्।
सरकारी वकिल खुला सहसचिव २ जना आवश्यक रहेकोमा उप्रेती, बराल, अर्यालसहित गंगा न्यौपाने, गणेश पौडेल, मुना राउत र रोशी भण्डारीले लिखितमा नाम निकालेका हुन्। बराल र अर्याल सरकारी वकिल समूहको सहसचिवमा सिफारिस भए। पौडेले वैकल्पिकमा परे न्यौपाने, राउत र भण्डारी हेरेको हेरै भए।
क्याटेगोरी : समाचार
ट्याग : #अमित उप्रेती, #विवेककुमार बराल, #श्रीधर अर्याल
तपाईको प्रतिक्रिया दिनुहोस