नेपाल बार एसोसिएसन निर्वाचन
विजय मिश्रको टिम मैतीदेवी पुग्दा जे देखियो

काठमाडौं। नेपाल बार एसोसिएसनको निर्वाचन आउन अब एक हप्ता बाँकी छ। बार निर्वाचनका लागि नेपाली कांग्रेस निकट डिएलए र नेकपा एमालेका पिपिएलएका वकिलहरूको एउटा प्यानल बनेको छ। उक्त प्यानलको नेतृत्व वरिष्ठ अधिवक्ता विजयप्रसाद मिश्रले गरेका छन्। नेकपा माओवादी केन्द्र निकट आरपिएलए र नेकपा एकीकृत समाजवादी निकट एसपिएलएबाट वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले अर्को प्यानलको नेतृत्व गरेका छन्। अहिलेको गणित हेर्दा विजयलाई चुनावमा हराउन रमणलाई फलामको चिउरा चपाउनु सरह हो। विजयलाई जिताउन लाग्नेहरू उनको जित सुनिश्चित रहेको दाबी गर्छन्।
चैत २३ गते मतदान हुने भएकाले विजय र रमणको चुनाव प्रचार आक्रामक रुपमा अघि बढिरहेको छ। विजयको टिम आईतबार बिहान चुनावी अभियानका लागि मैतीदेवी पुगेको हो। महासचिवका उम्मेदवार केदार कोइरालासहित सिङ्गो टिनलाई लिएर विजय मैतीदेवीका वकिलमाझ जमघट गर्न पुगेका हुन्। मैतीदेवी विजयका लागि परिवार सरह हो।
तपाईको प्रतिक्रिया दिनुहोस