व्यवस्था विरोधी आन्दोलन गर्ने १२८ जना घाइते


काठमाडौं । काठमाडौंको तीनकुनेमा शुक्रबार भएको व्यवस्था विरोधी आन्दोलनमा परी १२८ जना घाइते भएका छन्।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आइतबार साँझ एक विज्ञप्ति जारी गर्दै व्यवस्था विरोधी आन्दोलनमा परी १२८ जना घाइते भएको जनाएको हो।

घाइतेहरुमध्ये अधिकांश निको भएर घर फर्किसकेका छन्। केही घाइतेहरूको उपचार भने वीर अस्पताल, पाटन अस्पताल, राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ। आन्दोलनमा पनि घाइते भएकाहरूको उपचार सरकारले निःशुल्क गर्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ