पूर्वस्वास्थ्यमन्त्री दिपक बोहराको निधन


काठमाडौं। पूर्वस्वास्थ्यमन्त्री एवं प्रतिनिधिसभा सदस्य दिपक बोहराको निधन भएको छ। घाँटीसम्बन्धी समस्याका कारण लामो समयदेखि बिरामी रहेका राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता बोहराको मंगलबार निधन भएको हो।

बोहरा शेरबहादुर देउवा नेतृत्वको सरकारमा २०७४ साल असोजमा स्वास्थ्यमन्त्री बनेका थिए। पञ्चायत कालमा समेत पटकपटक मन्त्री बनेका बोहरा गणतन्त्रमा स्वास्थ्यमन्त्री, वनमन्त्री, विज्ञान तथा प्रविधिमन्त्री, आपूर्तिमन्त्री, श्रममन्त्री बनेका थिए।

तत्कालीन गृहमन्त्री बालकृष्ण खाँणलाई हराउँदै बोहरा २०७९ को प्रतिनिधिसभा निर्वाचनमा रुपन्देही क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए। २०७० सालमा रुपन्देही-२ बाट उनी दोस्रोपटक भएको संविधानसभा निर्वाचनमा संविधानसभा सदस्यमा निर्वाचित भएका थिए। कोभिड-१९ को संक्रमण भएपछि स्वास्थ्यमा समस्या देखिएका बोहराको ७४ वर्षको उमेरमा काठमाडौंको ओम अस्पतालमा निधन भएको हो। बोहराको निधनसँगै रूपन्देही-३ मा उपनिर्वाचन हुने भएको छ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ