प्रधानमन्त्री ओली बैंकक प्रस्थान

काठमाडौं। प्रधानमन्त्री श्री केपी शर्मा ओली बैंक प्रस्थान गरेका छन्। थाइल्याण्डको बैंककमा हुने बिम्स्टेकको छैटौं शिखर सम्मेलनमा सहभागी हुन उनी बैंकक प्रस्थान गरेका हुन्।
बैंकक प्रस्थान गरेका प्रधानमन्त्री ओलीलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा बिदाई गर्न उपप्रधानमन्त्री समेत रहेका सहरी विकासमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखकलगायत पुगेका थिए। प्रधानमन्त्री ओली नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरेर बिम्स्टेकको छेटौं शिखर सम्मेलनमा सहभागी हुन गएका हुन्।
थाइल्यान्डकी प्रधानमन्त्री पेटोङ्टार्न सिनावात्राको निमन्त्रणमा प्रधानमन्त्री ओली थाइल्याण्डको औपचारिक भ्रमणमा निस्केका हुन्। प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानमन्त्रीकी धर्मपत्नी श्रीमती राधिका शाक्य, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, प्रधानमन्त्रीका आर्थिक विकास सल्लाहकार डा. युवराज खतिवडा, मुख्य सचिव एकनारायण अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राई, प्रधानमन्त्रीका निजी चिकित्सक प्रा. डा. दिव्या सिंह शाह, शिष्टाचार महापाल विष्णुप्रसाद गौतम, प्रमुख सेनानी, प्रधानमन्त्रीका पार्श्ववर्ती दिवाकर खड्कालगायत उक्त भ्रमण टोलीमा सहभागी रहेका छन्। प्रधानमन्त्री ओली २३ गते शनिबार स्वदेश फर्किने कार्यक्रम रहेको छ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस