कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी प्रकाशनमान सिंहलाई


काठमाडौं। कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी प्रकाशमान सिंहले पाएका छन्। उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री सिंहले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी पाएका हुन्।

प्रधानमन्त्री केपी शर्मा ओली ५ दिने औपचारिक भ्रमणमा थाइल्याण्डको बैंकक प्रस्थान गरेपछि सिंहले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी पाएका हुन्। थाइल्याण्डको बैंककमा हुने बिम्स्टेकको छैटौं शिखर सम्मेलनमा सहभागी हुन उनी बैंकक प्रस्थान गरेका छन्। प्रधानमन्त्री ओली शनिबार स्वदेश फिर्ता हुने कार्यक्रम छ। शनिबारसम्म सिंहले सरकारको कमाण्ड सम्हाल्नेछन्।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ